सोमवार, अशोज २६, २०८३ | Monday 12th October 2026

विजय फूलबारीको नेतृत्वमा सुवेदी ः सदस्य शिक्षा तथा उद्यमशिलता विकास आगामी मुख्य योजना


प्यूठान÷जिल्लाको सहकारी अभियानमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएको विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.प्यूठानको अध्यक्षमा मोहन सुवेदी सर्वसम्मत निर्वाचित भएका छन्
शनिवार सम्पन्न पाचौ बार्षिक साधारण सभाले सुवेदीको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति तथा डिमराज पोख्रेलको संयोजकत्वमा ३ सदस्यीय लेखासुपरिवेक्षण समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा राधा पुलामी,सचिव प्रभात श्रेष्ठ,कोषाध्यक्ष टोप बहादुर मल्ल र सदस्यहरुमा भुवन सिंह,रविन्द्र रोका ,सुशिला नेपाली,सावित्रा हौजाली र रमेश कुमार आचार्य निर्वाचित भएका छन् भने लेखासुपरिवेक्षण समितिको सदस्यहरुमा रविन्द्र पाण्डे र बावुराम उपाध्याया निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समिति संयोजक मुक्ति प्रसाद शर्मा अधिकारीले पद तथा गोपनियताको सपथ गराएका थिए ।
एकाइगत रुपमा ७ वटा एकाइमा साधारण सभा गरी शनिवार जुम्रीमा संस्थाका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा निर्णण प्रमाणीकरण सभा गरी संस्थाले साधारण सभाको कार्यक्रमलाई अन्तिम रुप दिएको छ ।
६ हजार सदस्य ३० करोड बढी कुल पुँजी रहेको संस्थाले आगामी बर्षका कार्यक्रमहरुमा सदस्यहरुलाई उद्यमशिलता विकास गर्न उद्यमशिलता विकास तथा सदस्य शिक्षा कार्यक्रमलाई प्राथमिकता दिई कार्ययोजना अघी बढाएको छ ।
संस्थाद्धारा तालिम लिई व्यवसाय गर्ने सदस्यहरुलाई नयाँ व्यवसाय सहुलियत ऋण ,७ वटा भन्दा बढी बाखा्र पाल्दै उद्यम गर्न चाहने सदस्यहरुलाई बिना व्याज ५० हजार नयाँ उद्यमी ऋण ,विभिन्न सिपमुलक तालिम सञ्चालन गर्ने ,सदस्यका छोरा छोरीलाई उच्च शिक्षा अध्ययनका लागि उच्च शिक्षा सहुलियत ऋण ,सदस्य कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम , प्यूठानी रातो मुला प्रवद्र्धन कार्यक्रम जस्ता उद्यमशिलता विकासका योजना संस्थाले अघी सारेको छ भने संस्थाका सवै इलाकामा सदस्य शिक्षा तथा विस्तारित मञ्चका कार्यक्रम व्यापक रुपमा सञ्चालन गर्ने कार्ययोजना समेत अघी सारेकोछ ।
सदस्य गम्भिर रोग उपचार कार्यक्रम,ट्राफिक सचेतना कार्यक्रम,आँखा तथा मानव स्वास्थ्य शिविर,रक्तदान ,संस्कृति जगेर्ना,आर्थिक पत्रकारिता पुरस्कार,सदस्य विपद सहयोग,तीज कार्यक्रम,महिला सदस्यका लागि सिप विकास तालिम,आत्महत्या तथा लागुपदार्थ दुव्र्यसन न्यूनिकरण सचेतनामुलक कार्यक्रम लगायतका कार्यक्रम पनि संस्थाले आगामी वर्षको योजनाको रुपमा अघी सारेको छ ।
सदस्यहरुलाई जन्म देखि मृत्यू सम्मको सेवा ,घाट खर्च ,सदस्य मृत्यू राहत ,सुत्केरी भेटघाट जस्ता सदस्यमैत्री कार्यक्रम सञ्चालन गरेको संस्थाको पाचौ साधारण सभाले मोहन सुवेदीद्धारा प्रस्तुत आगामी प्रस्तावित कार्यक्रम तथा टोप बहादुर मल्लद्धारा प्रस्तुत प्रस्तावित बजेट तथा आर्थिक प्रतिवेदन पारित गरेको छ ।
साविकको फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.र विजयलक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था लि.एकीकरण पश्चात्को पाचौ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top