सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

घण्टीमा भोट हाल्ने नेता खोज्दै नेकपा


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन २१ मा भएकाे प्रतिनिधि सभाकाे निर्बाचनमा घण्टीमा भाेट हाल्ने केन्द्रीय सदस्यकाे खाेजी गरेकाे छ । उसले रास्वपा उम्मेदवारलाई भोट हाल्ने पार्टी नेताहरुको खोजी गरी कारबाही गर्ने चेतावनी दिएको छ।
जनवर्गीय संगठनहरुका नेताहरुको बैठकलाई विहीबार पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय सदस्यहरुले नै आफ्नो पार्टीका उम्मेदवारलाई भोट नहालेको रिपोर्ट आएको जानकारी दिए । ५० प्रतिशत भोट रास्वपाको चुनाव चिह्न घन्टीमा गएको रिपोर्ट आएको जानकारी गराउँदै उनले भने,  ‘फिप्टी पर्सेन्ट घण्टीमा गए भन्ने जनरल रिपोर्ट आएको छ । कोकोले भोट हालेनन् केन्द्रीय सदस्यमध्ये, प्रदेश सदस्य, तपाईंहरुको जनवर्गीय संगठनका नेताहरु को क्षेत्रमा गएनन्, कले भोट हालेनन्, कले घण्टीमा हाले, त्यो रिपोर्ट तपाईंहरुले दिनैपर्‍यो हामीलाई । तिनलाई कारबाही गर्नैपर्छ ।’

आफ्नो पार्टीलाई भोट नदिएर रास्वपालाई भोट हाल्नेहरुमाथिको कारबाहीको सुरुवात केन्द्रीय सदस्यबाटै हुने बताए । ‘नत्र भने पार्टी बनाउन सकिँदैन । तिनलाई कारबाही गरिन्छ । सबभन्दा पहिला सुरु गरिन्छ केन्द्रीय सदस्यबाट,’ प्रचण्डले भने ।

जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दुई दर्जन बढी कम्युनिस्ट घटक एकता गरी नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो । सार्वजनिक कार्यक्रमहरुमा संयोजक प्रचण्डले फागुन २१ को चुनावबाट सबैभन्दा ठूलो दल बन्ने भाषण गरेका थिए । तर रास्वपाले प्रत्यक्षमा १२५ सिट जित्दा नेपाली कम्युनिस्ट पार्टी ८ सिटमा सीमित भयो । प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित हुँदा सहसंयोजक माधव कुमार नेपाल गृहजिल्ला रौतहटमै पराजित भए ।

चुनाव लगत्तै नेपाली कम्युनिस्ट पार्टीले तल्लो कमिटीमा सर्कुलर गरी चुनावको समीक्षा रिपोर्ट पठाउन भनेको छ । हाल रिपोर्ट संकलनको काम जारी रहेको केन्द्रीय कार्यालयका एक कर्मचारीले बताए । उनका अनुसार धेरैजसो रिपोर्टहरुमा आफ्नै पार्टीका संगठित नेता–कार्यकर्ताहरुबाट भोट नपाउँदा चुनावमा हार व्यहोर्नु परेको निष्कर्ष छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top