
काठमाडौँ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लज्जास्पद हार बेहोरेको नेपाली कम्युनिस्ट पार्टीले सचिवालय बैठक बोलाउने तयारी गरेको छ । अहिले नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध मुख्य घटक माओवादी केन्द्र एक्लैले २०७९ सालको निर्वाचनमा ३२ सिट जितेको थियो । नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलसँग एकताका बाबजुद फागुन २१ मा भएको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी १७ सिट जितेर चौथो स्थानमा पुगेको छ ।
साविक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत २५ वटा वामपन्थी घटकसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी प्रतिनिधि सभा निर्वाचनमा होमिएको थियो । तर पार्टीले अनुमान गरे विपरीत चुनावी परिणाम आएपछि फागुन २८ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले प्रारम्भिक समीक्षा गरेको थियो ।
कमेन्ट गर्नुहोस !