संविधानको धारा ७६ अनुसार अब रास्वपा नेतृत्वमा एकल बहुमतको सरकार बन्नेछ । रास्वपाले बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत षगरिसकेको छ तर, प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनबारे आन्तरिक छलफलमा जुटेकाे छ । निर्वाचन आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएसँगै सरकार गठन बारे छलफल सुरु भएकाे हाे । सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापतिद्वय डीपी अर्याल र डा स्वर्णिम वाग्ले आन्तरिक छलफलमा जुटेका हुन् । रास्वपाले फागुन २१ मा सम्पन्न निर्वाचनमा १८२ सिट प्राप्त गरेको छ । यो २७५ सदस्यीय प्रतिनिधिसभामा करिब दुई तिहाइ बहुमत हो ।
संविधानको धारा ७६ अनुसार अब रास्वपा नेतृत्वमा एकल बहुमतको सरकार बन्नेछ । रास्वपाले बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत षगरिसकेको छ तर, प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने संवैधानिक व्यवस्था छ ।
कमेन्ट गर्नुहोस !