बिहिबार, फाल्गुन २८, २०८२ | Thursday 12th March 2026

निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा


२८ फागुन, काठमाडौं । निर्वाचन आयोगले धनुषा-१ मा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ ।

उम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएपछि विवाद भएको उक्त क्षेत्रमा आयोगले दोस्रो स्थानमा रहेका यादवलाई निर्वाचित भएको घोषणा गरेको हो ।
यसअघि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिसकेको छ । सुरुमा भने उनलाई प्रमाणपत्र उपलब्ध गराइएको थिएन । निर्वाचित भएको घोषणा नगरेपछि नेकपाले विरोध जनाएको थियो ।

निर्वाचन आयोगले उम्मेदवारी खारेज भइसकेकोले किशोरी साहको मत नै वेबसाइटमा अद्यावधिक गरेको छैन । उनको मत  अद्यावधिक नभएपछि यादव नै पहिलो स्थानमा आएकोले उनलाई घोषणा गरेको हो । कालो सूचीमा रहेको भेटिएपछि निर्वाचन आयोगले रास्वपाका साहको उम्मेदवार खारेज गरेको थियो । तर, उनी लगत्तै अदालत गएका थिए । उनीबारे अदालतले शुक्रबार निर्णय गर्दैछ ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top