
प्यूठान, छरिएर रहेका कम्युनिष्ट शक्तिहरुलाई गोलबन्द गर्दै संगठित शक्ति आर्जन गरी देशब्यापी एकता सन्देश गर्दै आएको नेपाली कम्युनिष्ट पार्टीको जारी सन्देश सभाको अभियानको क्रममा प्यूठानमा मंसिर २५ गते बिशाल सभाको तयारी थालिएको छ । सभालाई सम्बोधन गर्न नेपाली कम्युनिष्ट पार्टीका नेता बामदेव गौतम प्यूठान आउने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टी प्यूठानले जनाएको छ ।
प्यूठान नगरपालिका कार्यालय नजिकै रहेको खेलमैदान अगाडिको खुलाचौरमा हुने बिशाल एकता सन्देशसभालाई सम्बोधन गर्न प्रमुख अतिथिको रुपमा गौतम प्यूठान आउने कार्यक्रम रहेको बताइएको छ । साथमा नेतृ रेखा शर्मा , मेटमणि चौधरी चक्रपाण्ीि खनाल बलदेव लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले समेत बिस्तारै राजनीतिक माहौल तातिदै गरेको अवस्थामा बामदेव गौतमको प्युठान आगमनले यहाँको राजनीतिक बजारमा अर्थपूर्ण रुपमा हेरिएको छ । बामदेव गौतम २०७० सालमा एमालेबाट निर्वाचित साँसद हुन । उनी निर्वाचित भएपछि नै प्यूठानमा एमाले बलियो शक्तिको रुपमा उभिएको थियो । अहिले भने बामदेब देशका डेढ दर्जन भन्दा बढी कम्युनिष्ट शक्तिहरु मिलेर निर्माण भएको नेपाली कम्युनिष्ट पार्टीका शिर्ष नेता हुन ।
कमेन्ट गर्नुहोस !