
एकदिनमा एकै मिनेटको गल्ति कामले गर्दा देशै डुब्छ र आपूmहरु अर्काको देशमा सरणार्थी बन्न पर्छ भने किन गलत नेताको चिन्हमा भोट हाल्ने ? छिमेकी देशको नेतासंग राम्रो कुतनितिक सम्बन्ध गाँस्न सकिदेैन र देशको जनताको भविष्यमाथि खेलवाड हुन्छ भने किन देशको राष्ट्रपति बन्ने ? देशको राष्टाध्यक्ष बनेको देशबासी जनतालाई सुखी र सम्बृद्द बनाउन हो ताकि देशबाट भगाउन र मार्नको लागि होेइन ! देशको राष्ट्रपति बनेको देशका जनतालाई सुरक्षा दिन हो ताकि जनताको टाउकोमाथि बमगोला र मिसाइल खसाउन होइन । आपूm सेनाको सुरक्षा घेरामा बस्दै, जनतालाई राष्ट्र र राष्ट्रियताको पाठ सिकाउदै, जनताको हातहातमा हतियार दिदै जनतालाई युद्द मैदानमा धकेल्न राष्ट्रपति बनेको होइन । टाढाको मित्र फेर्न सकिन्छ नजिकको मित्र कहिले फेर्न सकिदैन । यो कुरा राष्ट्रपति जेलेनेस्कीले बुझेनन् ।
युक्रेनी जनताले जेलेनेस्की मानवमाथि विश्वास गरे । राष्ट्रपति पदको लागि आफ्नो अमूल्य भोट दिए । मानवलाई देवत्वकरण गरे । देवत्वकरण गर्नुको फल आफ्नै देशभित्र बलिदान दिनु प¥यो । सरणार्थीको रुपमा अरुको देशमा सरण पर्न प¥यो । छोराछोरी एकतिर आमाबाबा अर्कोतिर हुनु प¥यो । न खाने ठाउँ, न सुत्ने ठाउँ, न ओढ्ने ओच्छाउने, न घरबासको हुनु प¥यो आफ्नै घर आँगनमा ! आफ्नै घर आँगनमा पनि विरानो देशको जस्तै पाहुना बन्नु प¥यो । अब त युद्द भएको पनि सयदिन नाघिसक्यो । समय र परिस्थितिले केही कोल्टो पेर्छ कि भनेको सुरुको लडाईमा जस्तो हालत जनताको छ, त्यो भन्दा विकराल छ अवस्था ! युद्द घनघोर रुपमा चर्किराखेको छ । अहिलेसम्म विसौ हजार जनताहरुले आफ्नो जीवनबाट हात धोइसके । युद्द रोकिनेवाला छैन । झन् चर्किदो अवस्थामा छ । रेडियो तथा पत्रपत्रिका नेट, वाइफाई, टि.भि., युटुब, फेसबुकजस्ता संचार माध्यमहरुमा युरोपमा मात्र पचाँस लाखको हाराहारीमा सरणार्थीको रुपमा युक्रेनवासीले आफ्नो नाम दर्ता गरेको जानकारीमा आएको छ ।
आज शान्त होला खै ! भोली शान्त होला खै ! नेटोको साथ लिएर पश्च्मिेली देशहरुले रुसलाई हराउने नाममा जेलेनेस्की सरकारलाई पैसा र हतियारको ओइरो लगाएका छन् । जेलेनेस्कीका जत्थाहरु त्यसैमा मक्ख छन् । मान्छे नमरेका,े बम नपड्केको, मिसाइल नखसेको दिनै छैन । दिनहुँजसो गाउँ शहरमा बमको आवाज, आकासमा लडाकुु विमानको आवाज, मिसाइल आएकोे साइरन नबजेको नपड्केको दिनै छैन । दिनहुँजसो घर छोड्नेको लर्को युक्रेनवासीहरुको विद्युतीय संचार माध्यमहरुमा देखिरहन्छ । विचराहरु उनीहरुको पनि त मन होला, मुटु होला, छोराछोरीको माया लाग्दो होला, आमाबाबाको माया लाग्दो होला, आफ्नो देशको, आफ्नो माटोको माया लाग्दो होला ! अमिलो मनले घर छोड्दा कति आँसुु झर्दो होला ! कुम्लो कुटुरो पोका पुन्टुरो बोक्दै, सानासाना नानीहरुलाई कसैले हिडाउदै, कसैले कुममा बोक्दै, आँसुको धारा चुहाउँदै, आफ्नो जन्म घर फर्केर हेर्दै, पाइला अगाडि बढाउँदै, रुदै हात हल्लाउदै देश छोडेको देख्दा कुन पठ्ठरको छाती भएको नरोला र ! दुःख त सबैलाई एउटै हो । चाहे त्यो मानिस धर्तीको क्षितिजमा बस्ने किन नहोस् । कति भयावह होला युक्रेनी जनताको जीवन स्तर ! सुन्दै, देख्दै कहालि लाग्दो छ !
रुसले पनि अलिकति सोच्नु पर्ने हो ! ‘ठूलो माछाले सानो माछा खाए’ जस्तै ठूलाले के सानालाई जे गरेपनि हुँन्छ र ? सानो ठूलोको बाँच्न पाउँने, नाच्न पाउँने, हाँस्न पाउँने, खेल्न पाउँने, बोल्न पाउँने सबैको अधिकार त एउटै होला । युक्रेनको राष्ट्रपति जेलेनेस्कीले गल्ति गरेको भएता पनि कतै सम्झाई बुझाई गरेको भए युक्रेनी जनताको त्यो हविगत हुन थिएन कि ! शक्ति सम्पन्न अमेरिका र रुसको चेपुवामा परेर विचरा युक्रेन र युक्रेनी जनताको त्यो हालत, त्यो विजोग बनाउँनेको कल्याण त पक्कै हुँदैन होला ! देखावटि रुपमा रुस र युक्रेनकोे युद्दजस्तो देखिएता पनि खासमा अमेरिका र रुसको युद्द चर्कि राखेको छ । यो दुवै देशको सामरिक युद्दले गर्दा संसार भरका देशलाई असर गरिराखेको छ । दैनिक उपभोगका सामानहरु नुन, तेल, दाल, तरकारी, फलपूmल, पेट्रोल, ग्याँस, डिजेल, मट्टितेल, चामल, गहुँ, मकै, जौं सबैमा दिन दुईगुणा रात चैगुणाको दरले मूल्य वृद्दि भइराखेको छ । यो युद्द चर्किदै गयो भने कुनै दिन यस्तो हुनेछ कि साथमा पैसा भएर पनि बजारमा दैनिक उपभोगका सामान पाइने छैन । जसको कारण जनता भोकभोकै मर्ने छन् । संसार भरका मानिस भोकमरीले छटपटाउने छन् ।
यसरी रुस र युक्रेनलाई लडाउँने भिडाउँने अमेरिकाको सुझाब र सल्लाहमा नेटो मुलुक हो । अमेरिकाले आपूmलाई प्रजातन्त्रको मसिहा थान्छ । उसको मन नपरेको देश छ भने र त्यो देशको शासकलाई कसरी हुन्छ आफ्नै पक्षमा झुकाउन मनले हुन्छ कि, धनले हुन्छ कि, सैनिक लगाएर हुन्छ कि जसरी भएपनि आफ्नो कुतनितिक प्रयासबाट आफ्नो स्वार्थसिद्दिमा ढाल्छ । यदि छल गरेर भएभने अन्तमा बलको प्रयोग गर्छ । युक्रेनको राष्ट्रपतिलाई त्यही छलकपटको सुत्र प्रयोग गरेको हो । जेलेनेस्कीले बरु आफ्नो देश युक्रेन भुले तर, अमेरिकालाई भुल्न सकेनन् । आफ्नो युक्रेनी जनताले पाएको दुःख भुले तर, गोरेहरुले दिएको बुद्दि र विवेक भुलेनन् । त्यसैले गर्दा युक्रेनी जनताको अहिले यो हालत भएको हो । अब हाम्र्रो देश नेपाल पनि युक्रेनको बाटोतिर लाग्दैछ । जसै काँग्रेस, कम्युनिष्ट मिलेर ठूलो रकम खाई संसदबाट २०७८ साल फागुन १५ गते रातको ९ बजे एम.सि.सि.पास गराए, बैधानिक रुपले त्यसै दिनदेखि अमेरिकन सेनाको पानी पध्यारो बन्यो नेपाल ! नेपाललाई दुई ढुङ्गाको तरुल भनेर संज्ञा दिएका थिए विद्युवानहरु ! तर, एम.सि.सि.पास भइसकेपछि नेपाल तीनढुङ्गाको तरुल भएको छ । ढिलोचाडो नेपाल पनि युक्रेनको बाटोतिर लम्किदै छ भन्नु बेस होला ! राष्ट्रपति जेलेनेस्कीले जसरी युक्रेनी जनतालाई युरोपको विभिन्न देशहरुमा सरण लिन बाद्य बनाए, त्यसैगरि हाम्रा नेपाली जेलेनेस्कीका समुहहरु देउबा, ओली, माधब, प्रचण्ड, झलनाथहरुले कुनकुन छिमेकी देशका मुलुकहरुमा सरणार्थी बनाउन पठाउने हुँन् ? समय र परिस्थितिले के बताउँछ ! बेलैमा सबै सचेत नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबाबुले सोचौं र मनस्थिति पनि त्यही खालको तयार पारौं, कि हाम्रा नेताजस्तै अरुको गुलाम बनौ ! होइनभने राष्ट्र र राष्ट्रियताको माया छ भने हातहातमा अब हतियार बोक्ने र जसले जहाँबाट जेजे सकिन्छ त्यही गर्ने अठोट मनमा लिएर बसौं । आफ्नो देशको सुरक्षार्थ अहोरात्र फिल्डमा खटौं ! यही मेरो सुझाब र सल्लाहको कामना !!
कमेन्ट गर्नुहोस !