आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

गोठिबाङ डाँडागाउ बस्तीमा पानीकाे हाहाकार हटयाे


०४  जेष्ठ ०७५, प्यूठान

प्युठान जिल्लामा अबस्थित यस जिल्लालाइ चिनाउने धार्मिक स्थल स्वर्गद्धारीको नजिक पहाडी बिकट भुभागमा रहेको साबिकको गोठिबाङ ८ डाँडागाउँ हालको स्वर्गद्धारी न.पा.९ मा पर्ने यस बस्तिमा खानेपानीको समस्याको कारणले जनजिबन कस्टकर भइरहेको अबस्थामा फुलबारी एकिकृत ग्रामिण बिकास संस्था प्युठान न.पा.१ खैराले सामुदायिक संस्था गठन गरी डाडागाउ सामुदायिक संस्थाको मागका आधारमा समुदाय संग बसी सम्भाव्यता अध्ययन गरी समुदायको लक्षित बर्ग रहेको सामुदायिक संस्थाको मागलाइ यस सहयोगी संस्थाको सिफारिसका साथ गरिवी निवारण कोषको इकाइ कार्यलय प्युठानमा पठाइयो । योजना छनौटमा परि कार्य सम्पन्न भयो ।

यस डाडागाउ सामुदायिक संस्थामा खानेपानीको साह्रै समस्या रहेको पानी बोक्नका लागि १ घण्टाको पैदल हिडेर डोकोमा पानी बोकेर खानुपर्ने समस्या यसमा पनि सफा पिउन नपाउनुले उनिहरुको स्वस्थ्य अबस्था नराम्रो भएको समस्यामा पिरुलीरहेका सामुदायिक संस्थाका सदस्यहरु र उनका बालबच्चाले पानीकै समस्याका कारण समयमा खाना खाएर बिद्यालय जान नपाउने अवस्था स्वस्थ अबस्था राम्रो नभएको कारण कति दिन बिद्यालय छोड्नु पर्ने अबस्था रहेको थियो । विरामी परेकै कारण औषधि उपचारमा धेरै पैसा खर्च हुने आयआर्जन गर्ने समयमा पानी बोकेरै धेरै समय खर्च हुने अवस्था थियो । गरिवी निवारण कोष कार्यक्रम र फुलबारी एकिकृत ग्रामिण बिकास संस्थाको सामाजिक परिचालनको माध्यम बाट पिछडिएका महिला ,दलित , जनजाति तथा बिपन्न बर्गको आर्थिक सामाजिक र चेतनाको बिकास गराउन तथा उनिहरुलाइ स्वरोजगार बनाइ जिबन स्तरमा सुधार ल्याउने उद्देश्यले नेपालका बिभिन्न सहयोगी संस्थाको साझेदारीमा कार्यक्रम संचालन भइरहेको अवस्थामा यस सामुदायिक संस्थामा पनि आयआर्जन र भौतिक पुर्वाधार उप परियोजना अन्तरगत यस बस्तीमा भौतिक पुर्वाधार नगरी आयआर्ज बाट अगाडी बढाउन असजिलो हुने देखिएकोले सामुदायिक संस्थाको मागलाइ सिफारिस गरि गरिवी निवारण कोषमा पठाएर गरिवी निवारण कोषले छनौट गरी प्रक्रियाबद्ध रुपमा नै खानेपानी निर्माणको काम सम्पन्न भयो । खानेपानी निर्माणको काम सम्पन्न गर्नका लागि गरिवी निवारण कोष कार्यक्रमको १२२३७०४, समुदायको ४१२८५३ र गा.वि.स. बाट रु २०००० गरी १६५६५५७ को लागतमा २०७३ साल पौष १५ गते कार्य सम्पन्न भयो । यस डाडागाउ सामुदायिक संस्थाको खुट्टीखोला खानेपानी उप परियोजनाको कार्य सम्पन्न पश्चात डाडागाउ समुदायले सफा पिउने पानी पिउन पाएका छन् । स्वस्थ्य र पोषण अवस्थामा सुधार भएको छ । सामुदायिक संस्थाको अध्यक्ष श्री दल बहादुर खत्री क्षेत्री संगको कुराकानीमा यहाहरुको यस उप परियोजना सम्पन्न पश्चात हिजो भन्दा आज के कुरामा फरक पन महसुस भएको छ ? उहाका अनुसार यस उप परियोजनाको कार्य सम्पन्न पश्चात हामी हिजो सफा पानी पिउन पाएका थिएनौ आज सफा पानी पिउन पाएका छौ ,पहिले पानी बोक्न धेरै समय खर्चनु पर्ने थियो आज पानी बोक्ने समय बचत भएको छ , हिजो यस डाडाको बस्तीमा करेसा बारी पानीको समस्याले गराउन सकेका थिएनौ आज खेर गएको पानी र बचेको पानी प्रयोगबाट करेसाबारीको सुरुबाट गरेका छौ यस बाट आफ्नै बारीमा तयार गरेको बिसादी रहित तरकारी खान पाएका छौ जसले तरकारी किन्ने खर्च कम भएको हिज भन्दा आज बिरामी हुनेमा कमी आएको यो पनि पानीकै कारणले हो जस्तो लाग्छ । त्यस्तै यस सामुदायिक सस्थाकी कोषाध्यक्ष कुमारी हौजालीका अनुसार हिज भन्दा आज स्वास्थ्य उपचार गर्न कम खर्च भएको महसुस भएको छ । हिजका दिनमा सधैभरी बजारको तरकारी किनेर खान पर्ने अवस्था थियो आज आफ्नो करेबारीको तरकारीले बजारको तरकारीलाइ पालो दिएको छ यस बाट पनि हाम्रो खर्चमा कमी आएको छ । हिजो भन्दा आज आयआर्जन कसरी बढाउने भन्ने कुराकानीहरु हाम्रा सामुदायिक संस्थाका बैठक हरुमा समय समयमा छलफल हुदै आएको छ ।आयआर्जन तर्फ पनि हिजो भन्दा आज सुधार भएको हामी महसुस गरेका छौ । आगामी दिनहरुमा हामी आफ्नो आयआर्जन बढाउने तर्फ लागेका छौ । यस सामुदायिक संस्थाका सदस्यहरु दलित, जनजाती शिक्षाबाट पछाडी परेको समुदाय भएकोले सबैमा एकै पटक सुधार नआएपनी क्रमिक रुपमा आयआर्जनको स्थीतिमा सुधार ल्याउन हामी लाग्ने छौ । यस सामुदायिक संस्थालाइ सहयोग गर्ने फुलबारी एकिकृत ग्रामिण बिकास संस्था आर्थिक सहयोग गर्ने गरिवी निवारण कोष कार्यक्रमलाइ हामी सहयोगका लागि धन्यबाद दिन चाहन्छौ भोलिका दिनहरुमा यस्ता खालका सहयोग यस्तै समुदायमा भइरहोस भन्ने चाहन्छौ । यसरी आज यस सामुदायिक संस्था र यसका सदस्यहरु को दिनचर्या नै फरक भएको हामी पायौ । भौतिक पुर्वाधार मात्र सम्पन्न भएर मात्र हुदैन उनीहरुको आयआर्जन र जिबन स्तरमा सुधार ल्याउन भौतिक पुर्वाधारले सहयोग गर्ने मात्र हो उनीहरुको आयआर्जन मार्फत जिबन स्तर उठाउन सहजिकरण प्रयाप्त भइसकेको छैन ।

यसरी खुट्टीखोला खानेपानी उप परियोजनाले डाडागाउ बस्तीमा केही फरक पन पाउन सकिन्छ । समुदायिक संस्था गठन, पटक पटकको छलफल ,बैठक सहजिकरण ,उप परियोजना सम्पन्न , सम्पनन्न पछि जन लेखा परिक्षण ,पारदर्शिता , जस्ता प्रक्रिया समुलायले सिकेको छ । खानेपानी बने पछि त्यस बस्ती को स्वस्थ्य र पोषण अबस्थामा सुधार आएको छ । उनीहरु आयआर्जन तर्फ उन्मुख हुन थालेका छन् । झट्ट हेर्दा हिज भन्दा आज सकारात्मक परिबर्तन देखिएपनि आयआर्जनमा अझै बृद्धि गर्नु पर्ने छ त्यसकारण यो एउटा सुरुवाती सफलता मात्र हो । यस लक्षित बस्तीको आयआर्जमा अझै बृद्धि हुने अझै सम्भाबना छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top