शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

बालाजुले दिए आरियालाई पढाई खर्च


राधिका भुसाल
प्यूठान । निमार्ण व्यवसायी महासंघ नेपालका केन्द्रिय सदस्य एवं प्यूठानका युवा व्यवसायी बालाजु श्रेष्ठले आरिया शाह ठकुरीलाई ५० हजार पढाइ खर्च सहयोग गरेका छन् ।
काभ्रे भकुण्डेबेशी निवासी नौ वर्षिय आरियाको आमा चेली तामाङ मोटरसाइकल दुर्घटनामा परेपछि उनको घरमा आर्थिक समस्या परेको थियो । कक्षा ३ मा अध्ययनरत आरियाको बुबा बसन्त शाह ठकुरी श्रीमतिको स्याहार सुसार र उपचार खर्च जुटाउन तर्फ लागेपछि आर्थिक अभावका कारण आरियाको पढाइमा प्रत्यक्ष असर पुग्न गएको राजु तालाङले बताए । आरियाले ६ वर्षको उमेर टेक्न नपाउदैं उनकी आमा मोटरसाइकल दुर्गघटनामा परी घाँटीको नसा च्यापियो । त्यसपछि चेली तापाङको संसार नै अस्पतालको शैया बन्न पुग्यो । करिब एक करोड रकम उपचारमा खर्च गर्दा समेत उनको स्वास्थ्य स्थितिमा ा केही सुधार नभएको राजुले बताए । ‘६ महिनासम्म आसियुमा राखेका थियो’–राजुले भने–‘स्वास्थ्य अवस्था उस्तै हो घाँटी भन्दा तलको भाग चल्दैन प्यारालाइसिस भएको छ ।’ थप्दै उनले ‘सुरुमा नर्विक अस्पतालमा भर्ना गरेका थियौं अहिले सम्म ३–४ वटा अस्पतालहरुमा उपचार गराइसकेका छौं ।’ दैनिक करिब २० हजार उपचार खर्च गर्नु पर्ने उनले बताए । चेलीको दुर्घटनाले आरियाको परिवारमा दुख्ख दिन सुरु भएको तामाङले बताए ।
चेली तामाङ २०७३ साल चैत्र २४ गतेका दिन काठामाण्डौंको एभेष्ट होटल अगाडि अभिषेक केसीको मोटरसाइकल दुर्घटनामा परेकी थिइन । मोटरसाइकल चालक केही समयसम्म सम्र्पक विहिन भएको बताउदैं राजुले भने धेरैपछि सम्पर्कमा आएर नर्विक अस्पतालको साढे १७ लाख रकम दिएका हुन । केही दिन अगाडि मोटरसाइकल साहुले १२ लाख दिएको राजुले बताए । घर सम्पती, स्थानियहरुको सहयोग, चन्दा, मिडियामा हारगुहार माग्दैं एक करोड भन्दा बढि उपचार खर्च भएसकेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top