राधिका भुसाल
प्यूठान । जिल्लाभरका प्रधानाध्यापकहरु मुक्ति माध्यमिक विद्यालय रातामाटाको रेडक्रस प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् ।
नेपाल रेडक्रम सोसाइटी जिल्लाशाखा प्यूठानले आयोजना गरेको एक दिने प्रधानाध्यापक गोष्ठिमा नौ वटै स्थानिय तहका ६१ विद्यालयको सहभागीता रहेको थियो । आइतबार भएको उक्त कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले मानविय विपत्तिमा परेका व्यक्तिहरुलाई निश्वार्थ भावनाले सहयोग गरेको रेडक्रस परिवारलाई धन्यावाद दिए । ‘सस्ंथाका समस्यालाई अन्त्य गर्दै उत्साहजनक सक्रिय संस्था बनाउनका लागि सबै जिल्लावासीले सहयोग गर्नु पर्छ’– नगरप्रमुख कक्षपतिले भने–‘विद्यालयहरुबाट विद्यार्थीलाई सहयोगी भावनाको विकास गराई यि यस्ता कार्यमा प्रेरित गर्न प्रधानाध्यापकहरुको अहम भुमिका रहन्छ ।’ पछिल्लो समय शिक्षा अलि तरंग आएको बताउदै सधैभर एउटै प्रणाली नरहने भएकोले परिवर्तनशील समयमा स्वीकर गर्नु पर्ने उनले बताए । शिक्षाका गुणस्तर ल्याउनका लागि सवै विद्यालयले योजना निर्माण गरी स्थानिय तहलाई जानकारी गराई सो अनुसार कार्यनीति बनाउनु पर्ने कक्षपतिको भनाइ छ ।
युवा जुनियर रेडक्रस सर्कल मुक्ति मा.वि. रातामाटाको आतिथ्यताका भएको कार्यक्रममा सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत अञ्जली कडेल र सरिता विकले सन्देश मुलक कविता प्रस्तुत गरेका थिए । नेपाल रेडक्रस सोसाइटी जिल्लाशाखाका प्यूठानका सभापति गुमानराज पुलामीले कार्यक्रमबारे स्पस्ट पर्दै रेडक्रस एउटा नितान्त सहयोगी भावना बोकेको संस्था भएकोले सबैतर्फको सहयोगको अपेक्षा राखेको बताए । ‘ मानविय विपद्को बेला प्राथमिक उपचारबाटै सुरु भएको संस्था हो’– सभापति पुलामीले भने–‘ संस्थाले पहिलो चरणमा पूर्व जानकारी, खोज, उद्धार र राहत वितरण जस्ता कार्य गर्दै आएको छ ।’ विद्यार्थीहरुलाई असल बनाउदै एकअर्का प्रति सहयोगी भावनाको विकास गराई आम नागरिकलाई गर्ने वातावरण विद्यालयबाटै सिर्जना गर्नु पर्ने समेत बताए । जुनियर रेडक्रस सर्कलले विद्यार्थीसंगै अभिभावकमा पनि सहयोगी भावनाको विकास हुन थालेको उनको भनाइ छ । एक दिने प्रधानाध्यापक गोष्ठिको उद्घाटन सत्रको सञ्चालन शिक्षक ज्ञानहरि रिजालले गरेको थिए ।
कमेन्ट गर्नुहोस !