मङ्लबार, फाल्गुन १९, २०८२ | Tuesday 3rd March 2026

नीजि क्षेत्रसंग सहकार्य आवश्यक ः उद्योग प्रदेश अध्यक्ष तिवारी


सागर रिजाल
प्युठान,१९ पुस ।
नेपाल उद्योग वाणिज्य संघ ५ नंम्बर प्रदेश अध्यक्ष गुणनीधि तिवारीले देश समृद्ध बनाउनका लागि नीजि क्षेत्रसंग सहकार्य आवश्यक रहेको बताएका छन् । शनिवार जिल्ला उद्योग वाणिज्य संघ प्युठानको २२ औँ बार्षिक साधारणसभामा उनले उक्त कुरा बताएका हुन् । नीजि क्षेत्रको सहभागी बिना विकास असम्भव छ , यसले देश असफल हुन्छ उनले भने,–‘समृद्ध देश निर्माणका लागि नीजि क्षेत्रलाई सगसंगै अगाडी लैजानुपर्छ ।’ यसको सुरुवात प्युठानबाट गर्न समेत अध्यक्ष तिवारीले प्युठानीलाई आग्रह गरे । स्थानिय सरकारका प्रमुखहरुले सुहाउदो कर नीति, सुहाउँदो कानुन निर्माण गर्ने हो भने ५ वर्षमा प्युठान विकासमा परिवर्तन हुने बताए । उनले भने,–‘प्युठान परिवर्तन नीजि क्षेत्रले गर्नेछ । ’
प्युठानमा नीजि क्षेत्रबाटै धेरै कामहरुको संभावनाको स्मरण गर्दै प्रदेश अध्यक्ष तिवारीले त्यसलाई पुरा गर्न स्थानिय सरकारको साथ आवश्यक रहेको बताए । ५ नं प्रदेश अन्य ६ प्रदेश भन्दा उत्कृष्ट रहेको उनले बताए । लुम्बीनि, स्वर्गद्धारी, विमानस्थल जस्ता महत्वपूर्ण सम्पदाहरु ५ नं प्रदेशमै रहेको उनले बताए । उनले भने,–‘यस्ता सम्पदाहरुले गर्दा प्रदेश आर्थिक हिसाबले नै पहिलो हुन्छ तर नीजि क्षेत्रसंग सहकार्य आवश्यक छ ।’
नेपाल सरकारले लिएको नेपाल भम्रण वर्ष २०२० संगै तीन वटै सरकारले गरेका घोषणा पुरा गर्न नीजि क्षेत्र सदैव अगाडी वढेको प्रदेश अध्यक्ष तिवारीको भनाई छ । यसरी अगाडी बढेको नीजि क्षेत्रलाई सहयोग गर्नका लागि सरकारले लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको उनले बताए । १६ अर्ब मध्ये १० अर्ब नीजि क्षेत्रले नै कर तिरेको उनले बताए । उद्योग क्षेत्रमा हुने समस्याहरु समाधानका लागि लामो प्रयासपछि सफल भएको र अझै केहि समस्याहरु समाधान तर्फ आशावादी भएर संघ अगाडी बढेको उनको भनाई छ ।


साधारण सभा कार्यक्रमका प्रमुख अतिथी समेत रहेका तिवारीले तीन तहको सरकार निर्माण पश्चात उद्योग वाणिज्य क्षेत्रमा केहि चुनौती थपिएको बताए । फर्म दर्ता, कर तिर्ने जस्ता कामहरु एकद्धार प्रणालीबाट नहुँनु समस्या हो , उनले भने,–‘यसलाई एकद्धार प्रणालीमा लैजान आवश्यक छ ।’ यसले उद्योगी व्यवसायीहरुको हित हुने उनको विश्वास छ ।
उद्योगी तथा व्यवसायीहरुको हकहितको संरक्षण गर्न र संगठित रुप प्रदान गर्न ०४८ सालमा संघको स्थापना भएको हो । हाँल यस संघमा दुई हजार तीन सय क्रियाशिल सदस्य, आठ जना बस्तुगत सदस्य, २८ आजीवन सदस्य, दुई एसोसियट सदस्य रहेका छन् । यस संघको मातहतमा नौ वटा बजार क्षेत्र रहेका छन् । संघको आधुनिक बैठक कक्ष , सभाहल सहितको ११ कोठे भवन रहेको छ ।
प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिको अध्यक्षता, उद्योग वाणिज्य संघ ५ नं प्रदेशका अध्यक्ष गुणनीधि तिवारीको प्रमुख आतिथ्यतामा भएको साधारण सभा कार्यक्रममा संघका केन्दिय सदस्य, विभिन्न जिल्लाका प्रतिनीधि, स्थानिय सरकारका प्रमुख , सरकारी कार्यालयका प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top