मङ्लबार, फाल्गुन १९, २०८२ | Tuesday 3rd March 2026

जन्मदिनको अवसर पारि अंपाग विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


सागर रिजाल
प्युठान,१३ असोज ।
अनेरास्ववियू केन्द्रिय सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज विनोद भण्डारीले आफ्नो ३० औँ जन्मदिनको अवसर पारि अंपागता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । नौवहिनी गाउँपालिका–८ फोप्ली घर भई हाँल प्युठान नगरपालिका–४ विजुवारमा बस्दै आएका भण्डारीले जन्मदिनको अवसरमा महेन्द्र माध्यामिक विद्यालय खंलगामा अध्ययनरत १० जना विभिन्न प्रकृतिका अंपागता भएका विद्यार्थीलाई एक सेट झोला सहित १० वटा कपि, सिसाकलम, ईलेजर, कटर लगाएतका सामाग्री वितरण गरेका हुन् ।
सोमवार सदरमुकाम खंलगा स्थित राष्ट्रिय अंपाग सेवा संघको कार्यालयमा अंपाग सेवा संघका जिल्ला उपाध्यक्ष हुनाराम खड्का, महेन्द्र माविका शिक्षक बसन्तलाल शाक्य, विभिन्न व्यक्ति, पत्रकारहरुको उपस्थितीमा भण्डारीले शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् । समाजबाट पछाडी पारिएका अंपागता भएका विद्यार्थीलाई केहि राहत प्रदान गर्नका लागि शैक्षिक सामाग्री वितरण गरेको भण्डारीले बताए । आफु २९ वर्ष पार गर्दा समेत जन्मदिन नमनाएको स्मरण गर्दै भण्डारीले सुरुवातीको रुपमा अंपागता विद्यार्थीलाई सहयोग गरेको बताए । हामीहरुले शैली परिवर्तन गर्नुपर्छ, खाने ,हिडनु संगै समाजमा पनि केहि नयाँ कामका साथ जन्मदिन मनाउनुपर्नेमा उनले जोड दिए । उनले भने,–‘अनावश्यक खर्चको प्रवृति हटाउनु पर्छ । ’ पहिलो सहयोग स्वरुप करिब १० हजार बराबरको सामाग्री वितरण गरेको उनले बताए । साथै उनले आगामी दिनमा समेत सहयोग गर्दै जाने प्रतिवद्धता जनाए ।
विद्यालयका शिक्षक शाक्यले जन्मदिनको अवसरमा अत्यन्तै उदारणीय काम गरेकोमा भण्डारीलाई धन्यवाद दिए । पहुँच भन्दा बाहिर रहेका बालबालिकालाई सबैले यस्तै सहयोग गरेमा सबैलाई पहुँचमा ल्याउन सकिने समेत उनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top