मङ्लबार, फाल्गुन १९, २०८२ | Tuesday 3rd March 2026

स्पोन्सरसीप परियोजना कार्यक्रमको समापन नगर तथा गाउँपालिकाले निरन्तरता दिने


सागर रिजाल
प्युठान,१० असोज ।
विगत १० वर्षदेखी सेभ द चिल्डे«नको सहकार्यमा कालिका विकास केन्द्र नेपालले सञ्चालन गर्दै आएको स्पोन्सरसीप परियोजना कार्यक्रमको समापन गरिएको छ । कार्यक्रम सन् २००९ देखी प्युठानका २२ वटा गा.वि.स. तथा हाँलका दुई नगरपालिका र ५ गाउँपालिकामा यो कार्य चल्दै आएको थियो । कार्यक्रमको शुरुमा जिल्लाका भिग्री र गोठीवाङ गाविसमा प्रारम्भिक बाल विकास, आधारभुत शिक्षा, विद्यालय स्वास्थ्य तथा पोषण र किशोरकिशोरी विकास कार्यक्रम क्षेत्र उपस्थिती योजना सन् २०१२ अनुसार साविकका ३१ वडामा यो कार्यक्रम गरिएको थियो ।
कार्यक्रमलार्य शिक्षा तथा स्वास्थ्य क्षेत्र संग जोडी अगाडी वढाईएको थियो । बालबालिकाको शारिरीक, बौद्धिक, संवेगात्मक तथा मानसिक विकासकोे लागि उपयुक्त सिकाईको वातावरण बनाउने, विद्यालयमा गुणस्तरीय वातावरण सृजना गरि सबै बालबालिकाको सिकाई उपलब्धीमा बृद्धि गर्ने, सबै विद्यालय जाने उमेरका बालबालिकाको शिक्षा तथा स्वास्थ्य अवस्थामा सकारात्मक परिवर्तन ल्याउने, किशोरकिशोरीको माध्यमबाट समुदायमा सकारात्मक परिवर्तन जस्ता उदेश्यहरु लिएर अगाडी वढेको कार्यक्रमले जिल्लामा राम्रो सफलता प्राप्त गरेको सेभ द चिल्ड्रेनका राजेन्द्र तुलाधरले बताए । उनका अनुसार प्युठानमा प्रारम्भिक बालविकास कार्यक्रम, आधारभूत शिक्षा कार्यक्रम , विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, किशोरकिशोरी विकास कार्यक्रम,म जीविकोपार्जन कार्यक्रमा सफलता हासिल भएको छ । सोचे अनुरुप परिवतर्रन समेत गर्न सकिएको उनले बताए । त्यस्तै यो कार्यक्रमले जिल्लामा विभिन्न पूर्वाधार निर्माणका कामहरु समेत गरेको छ । ४७ वटा बालविकास केन्द भवन निर्माण, ५१ वटा भवन मर्मत, खानेपानी योजना २६, हात धुने धारा निर्माण १४०, शौचालय निर्माण १४, छात्रमैत्री शौचालय निर्माण २२ वटा भएको समेत तुलाधरले बताए ।
स्पोन्सरसीप परियोजना कार्यक्रमको समापन कालिका विकास केन्द नेपालका अध्यक्ष यादव भण्डारी, ५ नंम्बर प्रदेश सभा सदस्य कृष्णध्वज खड्काको प्रमुख आतिथ्यता , जिल्ला समन्वय समिति उपप्रमुख पदम थापा, नगर तथा गाउँपालिका प्रमुख , उप्रमुख लगाएतको उपस्थितीमा गरिएको हो ।
समापन कार्यक्रममा बोल्दै ५ नंम्बर प्रदेश सभा सदस्य खड्काले स्पोन्सरसीप परियोजनाले जिल्लामा थुप्रै कामहरु गर्न सफल भएको बताए । जनताको साझेदारीमा भएको कार्यक्रमले ठूलो योगदान पु¥याएको छ, प्रदेश सदस्य खड्काले भने,–‘कार्यक्रम मार्फत भएका उपलब्धीहरुलाई निरन्तरता दिनु पर्छ । ’ कार्यक्रम सञ्चालन भएका नगर तथा गाउँपालिकाका प्रमुखहरुले यो कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top