मङ्लबार, फाल्गुन १९, २०८२ | Tuesday 3rd March 2026

शिक्षक महासंघले विद्यालय कर्मचारी र बालविकास शिक्षिकाहरुको पूरा तलबभत्ताको लागि लड्नुपर्छ ः उपाध्यक्ष कुमाई


सल्यान ।
नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रीय उपाध्यक्ष तथा शिक्षक महासंघका राष्ट्रिय समिति सदस्य राम प्रकाश कुमाईले शिक्षक महासंघ विद्यालय कर्मचारी र बालविकास शिक्षिकाहरुको पूरा तलबभत्ताको लागि लड्नु पर्ने बताएका छन् ।
नेपाल विद्यालय कर्मचारी परिषद सल्यानको प्रथम परिषदलाई सम्बोधन गर्दै सरकारको अन्य सेवामा काम गर्ने समान पदका कर्मचारीहरुलाई जति तलबभत्ता तोकेको छ सोहि अनुसार विद्यालय कर्मचारी र बालविकास शिक्षिकालाई पनि तलबभत्ताको व्यवस्था गर्नुपर्ने कुरामा महासंघ अडिग भएर लड्नु पर्ने बताएका हुन् ।
उनी भन्छन सरकारले विद्यालय कर्मचारी कार्यालय सहयागीको रु १९४८०, सह लेखापालको रु २६६१०, लेखापालको रु २८२०० र बाल विकास शिक्षिकाको रु २२०१० तलव स्केल पुग्ने गरी तलबभत्ता बृद्धि गर्न माग गरेका छन् । स्थानीय तहहरुले विद्यालय कर्मचारी र बालविकास शिक्षिकालाई केही अनुदान थप गरि न्याय गर्न खोजेपनि अधिकांश स्थानीय तहहरुले त्यसो गर्न नसकेकोमा पनि गुनासो गरे ।
सोहि कार्यक्रममा देशका विभिन्न कार्यक्रमका सभाअध्यक्ष तथा विद्यालय कर्मचारी परिषद सल्यानका अध्यक्ष खड्ग बहादुर वि।क ले सल्यान जिल्लाका अधिकांश स्थानीय तहहरुले गत आर्थिक वर्षमा आफु हरुलाई विभिन्न शीर्षकमा अनुदान दिई केही न्याय गर्न खोजे पनि यो आर्थिक बर्षमा भने कुमाख र कालिमाटी गाउपालिकाले मात्रै थप अनुदान उपलब्ध गराएको बताए । ती दुई स्थानीय तहलाई धन्यवाद दिदै बाँकि स्थानीय तहहरुले पनि सरकारले पूरा स्केल तलबभत्ता उपलब्ध नगराउदा सम्म स्थानीय तहबाट थप अनुदान उपलब्ध गराउनु पर्ने माग गरेका छन्

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top