मङ्लबार, फाल्गुन १९, २०८२ | Tuesday 3rd March 2026

शिशुहरुको भविष्यप्रति स्थानीय सरकार बेखबर


प्यार अलि खाँन
शिशुहरुको भविष्यप्रति स्थानीय सरकार बेखबर भएका छन् । बालविकास केन्द्र पायक नपर्दा गौमुखी र भिमरुक गाँउपालिकाका शिशुहरु शिक्षाको उज्यालोबाट बञ्चित् भएका हुन् । २०६३ सालमा गौमुखी गाँउपालिकाको वडा नं.६स्थित लिबाङ डाफ्लेमा स्थापना भएको बालविकासलाई वडा नंं.४ मा रहेको बालजिवन सुधार आधारभुत विद्यालय पुजा खलाचौरमा मर्ज गरिदिँदा स्थानीय शिशुहरु विद्यालयको पहुँच भन्दा बाहिर भएका छन् ।
गाँउमा रहेको कक्षा ३ सम्म अध्यापन हुने विद्यालय २०७० मा झिमरुक गाँउपालिकाको टिमुरचौर स्थित सूर्य प्रा.वि.मा मर्ज भएपछि डाफ्ले गाँउ विद्यालयविहिन हुन पुगेको छ । त्यसैमाथि शिशुहरुको वालविकास केन्द्र पनि सारिँदा स्थानीयहरु चिन्तित बनेका छन् । शिशुहरुलाई खेल्ने खेलाउने, भुलाउने शिशु कक्षा नहुँदा आफुहरु अन्यायमा परेको स्थानीय बिस्ना केसीले बताईन । “पुजा खलाचौरमा सारिएको बाल विकासमा जान आउन ५⁄६ घण्टा लाग्छ ।” केसीले भनिन्, “के ५ वर्ष मुनिका शिशुहरु त्यहाँ जान–आउन सक्छन् ?” स्थानीय सरकार जानकार भएपनि थाहा नभएजस्तो गरेको केसीको आरोप छ ।
उता गौमुखी गाँउपालिकाका शिक्षा शाखा प्रमुख ओमहरी पोख्रेलले भने बाल विकासमा शिशुहरुको संख्या नै नपुगेकाले मर्ज गरिएको दाबी गर्छन् । “सधैँभरि जम्मा २⁄३ जना शिशुहरु मात्र हुने भए ।” पोख्रेलले भने । दैनिक ८⁄१० जना शिशुहरु भैरहँदा पनि बालविकासलाई पायक नपर्ने ठाउँमा मर्ज गराईएको बाल विकास केन्द्रकी स्थानीय शिक्षिका संगिता केसीले बताईन । सबैलाई पायक पर्ने ठाँउमा बालविकास राख्नुपर्ने केसीको भनाई छ ।
झिमरुक गाँउपालिकाको टिमुरचौर स्थित रातामाटामा शिशु केन्द्र स्थापना भए दुबै गाँउका स्थानीय शिशुहरुलाई पायक पर्ने झिमरुक गाँउपालिका वडा नं. ८ का वडा अध्यक्ष तुलस बस्नेतले बताए । “दरबन्दी सहमति सहित आए हाम्रो सहमती छ ।” बस्नेतले भने, “यहाँ एउटा बालविकासको कोटाले पुग्छ ।” डाफ्ले गाँउ र रातामाटाको दुरि मात्र १५ मिनेटको रहेको स्थानीयहरु बताउँछन् । भौगोलिक दुरीका कारण दुबै गाँउका स्थानीय शिशुहरुलाई शिक्षाको उज्यालोबाट बञ्चित गराउन नहुने बस्नेतले जोड दिए । दुबै गाँउपालिका शिशुहरुको भविष्यप्रति गम्भीर बन्न जरुरी रहेको वडा अध्यक्ष बस्नेत बताउँछन् । शिशु केन्द्र नहुँदा गौमुखी र भिमरुक वारीपारीका करिब ७० घरका स्थानीय शिशुहरु प्रत्यक्ष प्रभावित भएका छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top