मङ्लबार, फाल्गुन १९, २०८२ | Tuesday 3rd March 2026

प्युठानका तीन स्थानिय तहमा अनुदानमा शिक्षक भर्ना


प्युठान,२ भदौ ।
प्युठानको सरुमारानी गाउँपालिकाले सामुदायिक विद्यालयमा अनुदानमा शिक्षक भर्ना गरेको छ । विद्यालयमा पर्याप्त शिक्षक नहुँदा विद्यार्थीहरुको पठनपाठनमा समस्या देखिएपछि आर्थिक वर्ष ०७५÷०७६ मा गाउँपालिका भित्रका सात मावि,२ आधारभुत र १८ प्रावि गरि २७ वटा सामुदायिक विद्यालयमा ४९ जना शिक्षक भर्ना गरेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी कमि हुँदा पठनपाठनमा समस्या हुन थालेपछि शिक्षक भर्ना गरिएको उहाँले बताउनुभयो । सुगममा शिक्षक दरबन्दी वढी हुने तर दुर्गममा शिक्षक जान नमान्दा दरबन्दी वढी भएपनि शिक्षक संख्या कमि हुने समस्या छ, गाउँपालिका अध्यक्ष विश्वकर्माले भन्नुभयो,–‘ यस क्षेत्रका विद्यालयमा शिक्षक कमी भएकाले हामीले शिक्षक भर्ना गरेका हौँ । ’ यसले शिक्षा प्रभावकारी संगै विद्यार्थी अनुसार शिक्षक हुने उहाँले बताउनुभयो ।
अब चन्दा उठाउनु नपर्ने
विद्यार्थी संख्या वढी हुने र शिक्षक कम हुँदा पढाई नहुने, शिक्षाको गुणस्तर खस्कने जस्ता समस्या आउने गरेपछि शिक्षक भर्ना गरेको गाउँपालिका अध्यक्ष विकले बताउनुभयो । नीजि स्रोतमा शिक्षक भर्ना गर्नका लागि अभिभावकले चन्दा उठाउनुपर्थो, विकले भन्नुभयो,–‘अब गाउँपालिकाले शिक्षक भर्ना गरेको छ चन्दा उठाउने दिन हराय ।’ पालिकाले गत वर्षको माघ महिनादेखी शिक्षक भर्ना गरेको हो । शिक्षक भर्नासंगै यसको रिजल्ट हेर्दा शिक्षा प्रभावकारी बनेको गाउँपालिका अध्यक्ष विक बताउनुहुन्छ । पालिकाले प्रावि तहका शिक्षकलाई मासिक १३ हजार, निमावी तहका शिक्षकलाई १६ हजार र मावि तहका शिक्षकलाई २१ हजार रुपिँया तलब दिएको अध्यक्ष विकले बताउनुभयो । चालु आर्थिक वर्षमा पनि कुनै विद्यालयमा शिक्षक नपुगेमा भर्ना गरिने योजना बनाएका समेत उहाँले बताउनुभयो ।
नौवहिनीमा ३९ विद्यालयमा ५२ शिक्षक
नौवहिनी गाउँपालिकाले विद्यालयमा पर्याप्त शिक्षक नहुँदा विद्यार्थीहरुको पठनपाठनमा समस्या देखिएपछि आर्थिक वर्ष ०७५÷०७६ मा गाउँपालिका भित्रका ३९ विद्यालयमा ५२ जना शिक्षक भर्ना गरेको छ । पालिकाले विद्यालयमा विद्यार्थी संख्या, भौतिक संरचना लगायतका विषयलाई अध्ययन गरी प्रा.वि. नि.मा.वि र मा.वि मा गरी ५२ जना शिक्षक नियूक्त गरेका पालिका अध्यक्ष शिव रिजालले जानकारी दिनुभयो । मा.वि तहका शिक्षकलाई मासिक २२ हजार ५ सय, निमावि तहका शिक्षकलाई १८ हजार ५ सय र प्रावि तहका शिक्षकलाई १६ हजार ५ सय तलब दिनेगरी शिक्षक नियुक्त गरेको अध्यक्ष रिजालले बताउनुभयो ।
‘गरीब तथा जेहन्दार तर आर्थिक कारणले पढ्न नसकेका विद्यार्थीहरुलाई गाउँपालिकाले विशेष सहयोग गर्ने भएको छ’,–अध्यक्ष रिजालले भन्नुभयो–‘ क्षमतावान विद्यार्थीबाट छनौट गरी छात्रा र छात्र १–१ जनालाई डाक्टर, इन्जिनियर र पाइलट सम्म पढाउने जिम्मा पालिकाले नै लिनेछ । पढाइ सकिएपछि उक्त विद्यार्थीले गाउँपालिकालाई ५ वर्ष सेवा गर्नुपर्ने छ ।’ त्यससंगै रोजगारीका अवसरहरु दिलाउन राजनैतिक दृष्टि अन्त्य गर्नका लागि विद्यार्थीहरुले प्राप्त गरेको प्रतिशतका आधारमा प्रतिष्पर्धा गरी छनौट गरिने नीति निर्माण गरेको रिजालले बताउनुभयो । गाउँपालिकाले आर्थिक वर्ष ०७५÷०७६ मा दिएको सूचकहरु पुरा गरी नमुना विद्यालय बनाउन सफल भएका पाँच वटा विद्यालयले एक एक वटा ल्याप्टप र वार्षिक एक÷ एक लाख नगद पुरस्कार पाएको गाउँपालिका अध्यक्ष रिजालले बताउनुभयो ।
माण्डवीमा करारमा २१ शिक्षक
माण्डवी गाउँपालिका प्युठानले करारमा २१ जना शिक्षक भर्ना गरेको छ । शैक्षिक गुणस्तर सुधारका निम्ती आर्थिक वर्ष ०७५÷०७६ मा शिक्षक भर्ना गरिएको गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले जानकारी दिनुभयो । पालिका भित्र रहेका २६ वटा सामुदायिक विद्यालय मध्ये आवश्यक रहेका विद्यालयमा करारका शिक्षक पठाएको रोकाको भनाई छ । पालिकाले प्रावि तहका शिक्षकलाई मासिक १२ हजार, निमावी तहका शिक्षकलाई १८ हजार र मावि तहका शिक्षकलाई २१ हजार रुपिँया दिएको पालिका अध्यक्ष रोकाले बताउनुभयो ।
त्यस्तै पालिकाले शैक्षिक सुधारका लागि विद्यालयमा १० लाख रुपिँया अनुदान रकम समेत दिएको थियो । पालिकाले शिक्षाको सुधार गर्ने शिक्षकलाई तलबको पाँच प्रतिशत प्रोत्साहन भत्ता समेत दिएको पालिका अध्यक्ष रोकाले बताउनुभयो । चालु आवमा पनि शिक्षक नपुगेका स्थानमा करारमा शिक्षक राख्ने योजना रहेको अध्यक्ष रोकाले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top