मङ्लबार, फाल्गुन १९, २०८२ | Tuesday 3rd March 2026

देविस्थानमा करिब ६४ लाख लगानीमा बहुउदेश्य हल निर्मा


सागर रिजाल
प्युठान,३० साउन ।
माण्डवी गाउँपालिका जस्पुर प्युठानले वडा नंम्बर तीन स्थित देविस्थानमा बहुउदेश्य हल निर्माण गरेको छ । ५ नंम्बर प्रदेश सरकारको ६० लाख रुपिँया र उपभोक्ता समितिको जनश्रमदान रु तीन लाख ९४ हजार सात सय ९० रुपिँया गरि ६३ लाख ९४ हजार सात सय ९० रुपिँया लगानीमा हल निर्माण गरिएको हो । प्रदेश सरकारले जिल्लाका नौ वटै स्थानिय तहलाई हल निर्माणका लागि रकम विनियोजन गरेपनि माण्डवी गाउँपालिकाले पहिलो हल निर्माण गर्न सफल भएको छ । निर्माण गरिएको हलको विहिवार ५ नंम्बर प्रदेश सभा सदस्य हरिप्रसाद रिजालले उद्घाटन गर्नुभएको हो ।


असार १ देखी सुरु हल निर्माण गर्न सुरु गरेको उपभोक्ता समिति अध्यक्ष डोरबहादुर खड्काले बताए । उनका अनुसार एक महिनाको अवधिमा हल निर्माण गरिएको हो । हलमा सौँचालय संगै पर्खाल समेत निर्माण गरिएको छ । करिब दुई सय जना व्यक्ति अट्ने हल निर्माण गरेको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बताउनुभयो । गाउँपालिकाले कार्यक्रमहरु गर्दा समस्या पर्थो,उहाँले भन्नुभयो,–‘आगामी दिनमा सहज हुने विश्वास लिएको छु । ’
सार्वजनिक सुनुवाई कार्यक्रम
माण्डवी गाउँपालिकाले आर्थिक वर्ष ०७५÷०७६ मा गरेका कामहरुको सार्वजनिक सुनुवाई गरेको छ । गाउँपालिका अध्यक्ष श्रीधर रोकाको अध्यक्षता, ५ नंम्बर प्रदेश सभा सदस्य हरि रिजालको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समितिका प्रमुख , उपप्रमुख, राजनीतिक दल, वडा अध्यक्ष, स्थानियहरुको उपस्थितीमा कार्यक्रम सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले आ.व. ०७५÷०७६ मा गाउँपालिकामा भएका कार्यक्रम, योजनाका काम, लगाएत गाउँपालिकाले गरेका प्रगतिका बारेमा जानकारी गराएका थिए ।
यस क्षेत्रका स्थानियले सार्वजनिक सुनुवाई कार्यक्रममा योजनाको भुक्तानी लिन आउँदा झन्झट पाएकोले वडा कार्यालयबाट सम्पूर्ण डकुमेन्ट हेरिदिनुपर्ने बताएका छन् । त्यस्तै माण्डवी नदीबाट बालुवा निकाल्ने कार्य नरोकिएको, गाउँपालिका जाने सड्कमा कार्यालय जाने संकेत लेखीनुपर्ने, चुनढुंगा उत्खनन रोकिनुपर्ने, विकास गर्ने क्रममा सबै राजनीतिक दललाई समावेश गर्नुपर्ने लगाएतका सुझाव दिएका थिए ।
गाउँपालिका अध्यक्ष रोकाले स्थानियले दिएको सल्लाह , सुझावलाई ख्याल गरि काम गर्ने बताउनुभयो । युथ मिडिया डेभलमेन्ट सेन्टरको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top