शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

जनता माबिमा ११ तहको कक्षा सञ्चालन


प्युठान,१९ साउन ।
ऐरावती गाउँपालिकामा अवस्थित जिल्लाकै पुरानो विद्यालयका रुपमा स्थापित जनता माध्यमिक विद्यालय बिजुलीमा ११ तहको कक्षा संचालन गरिने भएको छ । वि.सं २०१६ सालमा स्थापना भइ २०२१ सालमा मिडिल र २०३४ सालमा माध्यमिक हुदै २०३७ सालदेखि एस.एल.सी. सम्मको अध्यापन गराउँदै आएको उक्त विद्यालयले यसै शैक्षिक शत्रदेखि कक्षा ११ को अध्यापन सुरु गर्ने तयारी गरेको छ । सोही उद्धेश्य बमोजिम विद्यालयले कक्षा ११ मा मानविकी तथा शिक्षाशास्त्र संकायमा विद्यार्थी भर्ना आव्हान समेत गरेको विद्यालयका प्रधानाध्यापक खडानन्द पौडेलले जानकारी दिनुभयो ।
विद्यालय स्तरोन्नतिका लागि विद्यालयले आधारभूत भौतिक संरचना समेत निर्माण गरिसकेको छ । तर ११ तथा १२ कक्षा संचालनकालागि शुरुमा सरकारले आर्थिक दायित्व वहन नगर्ने भएपछि कक्षा संचालनमा चुनौती थपिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष याम बहादुर गुरुङले बताउनुभयो ।
आर्थिक संकलन अभियान
विद्यालय परिवारले कक्षा ११ सञ्चालनका लागि आर्थिक संकलन कार्यलाई अगाडी वढाएको छ । उच्च तहको कक्षा संचालनकालागि विद्यालयले आर्थिक संकलन अभियान सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङले बताउनुभयो ।
आर्थिक सहयोग गर्न चाहने ब्यक्तिहरुलाई सहयोग रकम अनुसार शिलालेखमा नाम लेख्नुका साथै कदरपत्रले सम्मान गर्ने योजनामा विद्यालय परिवार रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । बिद्यालयमा अध्ययन गरि हाल रोजगारी तथा ब्यापारका शिलशिलामा देश तथा बिदेशमा रहेका पुर्व विद्यार्थी तथा अन्य सबै समाजसेवी, शिक्षाप्रेमी तथा सहयोगीहरुलाई आफू सक्दो सहयोग गरि विद्यालयको यो पुण्य काममा साथ दिनका लागि आह्वान समेत गरेको गुरुङ्गले बताउनुभयो । उहाँले सहयोग गर्न चाहनेहरुले फोन नम्बर ९८४७८३८३८४ र ९८४४९२७५४७ मा सम्पर्क गर्नका लागि अनुरोध गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top