सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

बालबालिका भविश्यका राष्ट्र निर्माता हुन ः प्रदेश सभा सदस्य रिजाल


प्युठान,४ साउन ।
५ नंम्बर प्रदेश सभा सदस्य हरि प्रसाद रिजालले अहिलेका बालबालिका भविश्यका राष्ट्र निर्माता भएको बताउनुभएको छ । शनिवार जिल्ला बालसञ्जाल प्युठानको चौथो बालभेला तथा अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रदेश सभा सदस्य रिजालले राष्ट्र समृद्ध बनाउनका लागि बालबालिकाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । राज्यले बनाएका ऐन, नियम र कानुन अनुसार बालबालिकाको क्षेत्रमा विकास हुनुपर्छ, उहाँले भन्नुभयोे,–‘यसका लागि नियम कानुनको सहि ढंगले पालना हुनुपर्छ । ’ उहाँले राज्यले कानुनको कार्यान्वयन गरि बालबालिकाको क्षेत्रमा कार्यक्रमहरु अगाडी सार्नुपर्ने बताउनुभयो ।
पछिल्लो समय बालबालिकाहरु गलत संस्कृतको पछि दौडेका छन्, उहाँले भन्नुभयो,–‘यसलाई रोक्नलाई हामी सबै क्षेत्रको चासोँ हुनुपर्छ । ’ बालबालिका सुर्धानका लागि पहिलो आधार बाबुआमा भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘आफ्ना छोराछोरी कुन मार्ग सिकाउने बाबुआमाले निर्णय लिनुपर्छ । ’ साथै उहाँले हरेक नागरिकलाई बालबालिकाको क्षेत्रमा विकास गर्न आग्रह गर्नुभएको छ । वृद्धहरु अनुभव लिने , बालअवस्थाबाट देशको अवस्था चित्रण गर्दै आई यूवा हुदाँ देश परिवर्तन र समृद्ध बनाउन तिर लाग्ने उहाँले बताउनुभयो ।
उद्घाटन सत्रमा जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले राम्रो जनशक्ति उत्पादन गर्ने क्षेत्र बालबालिका रहेको बताउनुभयो । ‘बालबालिकाको जनशक्ति राम्रो उत्पादन भयो भने देशको जनशक्ति राम्रो हुन्छ, प्रमुख आचार्यले भन्नुभयोे,–‘यसका लागि जिल्लाका सबै क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । ’ ५ नंम्बर प्रदेशले जिल्ला बाल अधिकार समिति बनाएकोले यसलाई जिल्लामा कार्यान्वयनका लागि समन्वय गरि अगाडी वढने उहाँले बताउनुभयो ।
कार्यकारी सम्पादक रिजाल सम्मानित


हाम्रो एकता अनलाईनका कार्यकारी सम्पादक सागर रिजाल सम्मानित भएका छन् । जिल्ला तथा स्थानिय तहमा रहेर बालबालिकाको सर्बोतम हितको लागि बाल अधिकार सुनिश्चित गर्न अहोरात्र संलग्न रही बालबालिकाको क्षेत्रमा कलम चलाई उल्लेखनीय एंव प्रशसनीय कार्य गरेको भन्दै रिजाललाई सम्मान गरिएको हो । बाल संञ्जाल प्युठानको चौथो बाल भेला तथा अधिवेशनको उपलक्ष्यमा हाम्रो एकताकर्मी रिजाललाई ५ नंम्बर प्रदेश सभा सदस्य हरि प्रसाद रिजालले प्रशंशा पत्र प्रदान गरि सम्मान गर्नुभएको हो । सम्मान गर्ने निकायले रिजाललाई आगामी दिनमा पनि बालबालिकाको क्षेत्रमा कलम चलाउन आग्रह गरेको छ । रिजाल प्युठानमा विगत चार वर्षदेखि पत्रकारिता क्षेत्रमा कलम चलाउदै आएका छन् ।
रिजाल संगै बालभेला तथा अधिवेशनले बालबालिकाको क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकी, प्युठान नगरपालिका वडा नंम्बर ८ का वडा अध्यक्ष लिलापसिंह केसी, स्वर्गद्धारी नगरपालिका वडा नंम्बर ५ का वडा अध्यक्ष हिरामणी भण्डारी, ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओली, पूर्व बाल अधिकार अधिकृत यादव खनाल, पूर्व बाल कल्याण समितिका अध्यक्ष मेघराज भट्ट ,माण्डवी माविका प्रधानाध्यापक मेघराज पौडेल, समाजसेवी सुमन सुवेदी लगाएतका २० जनालाई सम्मान गरिएको बालसञ्जाल प्युठानले जानकारी दिएको छ ।
मिना सुनारको अध्यक्षतामा नयाँ कार्य समिति
चौथो बालभेला तथा अधिवेशनले मिना सुनारको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा दिपा रायमाझी र राबहादुर गिरी, ुसचिव पारस वुढाथोकी, सहसचिवमा सुनिल पुन, कोषाध्यक्ष गौरव विक चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा केशव न्यौपाने, कल्पना विक, सम्झना गोराथोकी, सुवास सुबेदी र करिस्मा परियार रहनुभएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top