
सागर रिजाल
प्युठान,२ साउन ।
कालिका विकास केन्द्र नेपाल र स्ट्रोमफाउण्डेसको सहकार्यमा सञ्चालित दिगो तथा मर्यादित आर्थिक सामाजिक शशक्तिकरण कार्यक्रम अन्र्तगत ऐरावती गाउँपालिकाका २० वटा बालविकास केन्द्रका सहजकर्ताहरुलाई आधारभुत तालिम विहिवारदेखी ऐरावती गाउँपालिकाको केन्द्र बरौलामा सञ्चालन भएको छ । प्रारम्भिक बालबालिकाको अवस्था, यसको उदेश्य, स्थानिय श्रोत साधनलाई परिचालन गरि प्रभावकारी ढंगले बालविकास कक्ष स्थापना, मनोरञ्जनात्मक ढंगले एकिकृत कक्षा सञ्चालन गर्न सिकाईने, बालमनोवैज्ञानिक ढंगले प्रस्तुती गर्न सिकाउने लगाएतका उदेश्य राखी तालिम सञ्चालन गरिएको सामाजिक परिचालक शिवा रेग्मीले जानकारी दिनुभयो ।
तालिमको विहिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष नवीलविक्रम शाहको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यको प्रमुुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतको विशेष आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिको प्रमुख आचार्यले बालबालिकाहरु भविश्यका कर्णधार भएकाले यो समयमा सबैको ध्यान पुग्नुपर्ने बताउनुभयो । बालबालिको यो समय जग बसाल्ने हो, उनले भने,–‘बालबालिकाको क्षेत्रमा सबैले लगानी गर्नुपर्छ । ’ऐरावती क्षेत्रमा बालबालिकाको विकासको क्षेत्रमा पछाडी परेको उनले बताए । उनले भने,–‘यस क्षेत्रमा बालबालिका क्षेत्रमा विकास गर्न हामीसबैले ध्यान दिनुपर्छ । ’
त्यस्तै गाउँपालिका अध्यक्ष नवील विक्रम शाहले तपाईहरुले लिएका कार्यक्रमले हाम्रो जिम्मेवारी र दायित्व वढाईदिएको खुसी भएको बताउनुभयो । उहाँले कालिका विकास केन्द्र र यो कार्यक्रमसंग आगामी दिनमा यहाँहरुसंग हातेमालो गर्न तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो,–‘यो कार्यक्रमले समाजका बालबालिकामा परिवर्तन हुने आशा गरेको छु । ’ साथै यस क्षेत्रका बालबालिकाको विकास गर्नका लागि संघसंस्थासंग समन्वय गरि अगाडी वढने उहाँको भनाई छ ।
गाउँपालिका उपाध्यक्ष बस्नेतले विद्यालय तहबाटै बालबालिकालाई सामाजिक बन्न सिकाउनुका साथै आफुलाई पढने गुरुवर्ग र ठूलालाई आदारसम्मान गर्न सिकाउनुपर्ने बताउनुभयो । अहिलेको वढ्दो फेसन र मुवाईल फोन दुरुपयोगले पनि समाजलाई नकारात्मक प्रभाव पारेको छ, उहाँले भन्नुभयो,–‘यसमा सबैभन्दा वढी किशोर किशोरीनै प्रभावित हुने गर्दछन् ।’ बालबालिकाको दायित्व घरमा बुबाआमालेपनि लिनुपर्ने उहाँले बताउनुभयो ।
तपाईहरुको कार्यक्रम विशेष गरि बालबालिकाको क्षेत्रमा लागु गरेको हुनाले अब तपाईहरुको तार्गेट भोलीका दिनमा यस गाउँपालिकाभित्र असल यूवाहरुको जमात तयार गर्नु छ एउटा असल यूवाहरुको परिवार जन्माउन छ , एउटा अशल मानव जातीको यूवा बनाउनु छ यसमा तपाईहरुको रिजल्ट आउनुपर्ने बताउनुभयो । समयको नदी रातदिन बगिरहन्छ, मौसम परिवर्तन भएजस्तै समाजले तपाई हाम्रो भूमिकामा पनि परिवर्तन खोजीरहेको हुन्छ यसमा हामीले नेतृत्व दिन सक्ने या नसक्ने योे गम्भिर विषय भएको उहाँले बताउनुभयो । साथै उहाँले यहाँका बालबालिकालाई आफ्नै परिवारका सदस्य ठानेर व्यवहार गर्नुहोस यसको रिजल्ट दश वर्ष पछि देखिने बताउनुभयो । त्यस्तै गाउँपालिका शिक्षा शाखा प्रमुख कुल बहादुर थापा र मोति माध्यामिक विद्यालयका प्रधानाध्यापक तिलक राम पान्डे पनि मन्तव्य राख्नुभएको थियो ।
कालिका विकास केन्द्र नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद राजभण्डारी र स्ट्रोमफाउण्डेस कार्यक्रमका कार्यक्रम संयोजक विजय जिसीले कार्यक्रम संगै संस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
कमेन्ट गर्नुहोस !