सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

स्वर्गद्धारी नगरपालिका वडा नम्वर ५ सारी बालमैत्री वडा घोषणा


सागर रिजाल
प्युठान,१ साउन ।
जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नम्वर ५ सारीलाइ बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासनले तोकको निश्चित सूचकहरु पुरागरेपछि वडालाइ मंगलवार एक समारोहकाबीच बालमैत्री वडा घोषणा गरिएको वडा अध्यक्ष हिरामणी भण्डारीले जानकारी दिए ।
घोषणा सभामा शुभकामना दिदै अधिकांश बोल्ने बत्ताले घोषणालाइ प्रभावकारी बनाउन आगामी गतिविधि निरन्तर हुनुपर्ने बताएका छन् । बालमैत्री स्थानीय शासनको अवधारणा अनुसार विभिन्न ४२ वटा सूचकहरु पुरा गरेपछि बालमैत्री वडा घोषणा गर्नसकिने प्रावधान छ । ६ महिनासम्मको शिशुलाइ आमाले अनिवार्य रुपमा पूर्ण स्तनपान गराउनुपर्ने, एक वर्षभित्रका बालवालिकालाइ पूर्ण खोप, गर्भवती आमाको दक्ष प्रसुतीकर्मीबाट सुत्केरी, गर्भवती वा सुत्केरी आमाले आइरन चक्की दुई सय २५ वटा खुवाएकै हुनुपर्ने सूचकमा उल्लेख छ ।
त्यस्तै स्वास्थ्यचौकी व्यवस्थापनमा बालक्लवको प्रतिनिधित्व, सवैका घरमा खानेपानीको सुविधा, सावुनपानीको हात धुने अभ्यास, पाँचवर्ष मूनिका बालवालिकाहरुको जन्मदर्ता, बालविवाहको संख्यामा कमी, चारवर्ष सम्मका बालबच्चालाइ शिसु कक्षामा भर्ना, सबै विद्यालयमा छात्रछात्रा शौचालय, स्थानीय तहले बनाउने नीति तथा कार्यक्रममा उनीहरुको सहभागीता र बालवालिका सम्वन्धी वडा कार्यालयमा सुझाव पेटिकाको व्यवस्था लगाएत सूचकहरु पुरा भएमा मात्र घोषणा गर्नुपर्ने प्रावधान छ ।
घोषणा सभामा मन्तव्य राख्दै जिल्ला बालसञ्जाल प्युठानका अध्यक्ष प्रेमबहादुर विश्वकर्माले बालमैत्री घोषणा फेसनका लागि नभई बास्तविक रुपमा बालबालिकाले अनुभव गर्ने खालको हुनुपर्ने बताए । अहिलेका अभिभावकहरु गरिब हुम भन्ने तर दिनभर कमाएको पैसा रक्सीमासुमा उडाउछन, उनले भने,–‘यस्ता कामहरु अभिभावकले रोक्नुपर्छ । ’ अभिभावकहरुले व्यवस्थित तरिकाले छोराछोरी विद्यालय पढाउन नसक्ने अवस्था कायमनै रहयो भने बालमैत्री स्थानिय शासनको घोषणाले स्थायित्व पुग्न नसक्ने उनले बताए । उनले बालमैत्री घोषणा कार्यक्रमलाई निरन्तरता दिन स्वर्गद्धारी नगरपालिकाले करिब ४० प्रतिशत बजेट शिक्षा तथा स्वास्थ्य क्षेत्रमा विनियोजित गनुपर्ने बताए ।
स्वर्गद्धारी नगरपालिका, कालिका विकास केन्द्र नेपाल र सेभ द चिल्डे«नको सहयोगमा भएको कार्यक्रम भएको हो । वडा अध्यक्ष हिरामणी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख नेत्रबहादुर रोकाय , उपप्रमुख गोमा रेग्मी, वडा अध्यक्षहरु, विद्यालयका बालावालिकाहरु , अभिभावकहरु, शिक्षकहरु लगाएतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top