आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

पातीहाल्नामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन


सागर रिजाल
प्युठान,२६ असार ।
प्युठान नगरपालिका–१० पातीहाल्नामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ । स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्यको पहुँच पु¥याउने नेपाल सरकारको नीति अनुसार पातीहाल्नामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याईएको हो । केन्द्रको विहिवार एक कार्यक्रमका विच प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै नगरप्रमुख कक्षपतिले स्वास्थ्य सेवाको पहुँचमा नरहेका बस्तीमा प्युठान नगरपालिकाको पहलमा स्वास्थ्य केन्द्र सञ्चालन गरिएको बताए । प्युठान नगरपालिका वडा नंम्बर १० भित्र पर्ने पातीहाल्नाका जनताहरुले नजिकबाट स्वास्थ्य सेवा नपाएकाले सहज पहुँचमा ल्याउन यस ठाउँमा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको बताए ।
‘धेरै लामो समयपछि यस स्थानमा स्वास्थ्य केन्द्र स्थापना भएको छ, नगरप्रमुख कक्षपतिले भने,–‘यसको दिगो व्यवस्थापनमा यहाँका स्थानियहरुले साथ दिनुपर्छ । ’ जिल्ला सदरमुकाम छेउमै भएपनि यस क्षेत्र विकासका दृष्ट्रिकोणले पछाडी परेको उनले बताए । उनले भने,–‘यस क्षेत्रमा विकास गर्नलाई नगरपालिकाले योजना बनाएर अगाडी वढेको छ । ’ नगरपालिकाले नगरक्षेत्रका १० वटै वडाका जनतालाई स्वास्थ्यको पहुँचमा पु¥याउने लक्ष्य लिएको नगरप्रमुख कक्षपतिले जानकारी दिए ।
स्थानीय खुसी
लामो समयदेखी स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका पातीहाल्ना, बुकेनी, नेपाने, गहतेरालगाएतका स्थानीयहरु स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि खुसी भएका छन् । बिरामी भएको समयमा एक घण्टा पैदल हिडी खंलगा पुगेर उपचार गराउने यस क्षेत्रका स्थानीयहरु गाउँमै केन्द्र सञ्चालनमा आएपछि खुसी भएको बताउछन् । भौगोलिक विकटताले गर्दा यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पाउन निकै समस्या थियो स्थानिय राधा थापाले भनिन, –‘हाम्रो समस्यालाई बुझी लामो समयपछि स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । ’ यसको संरक्षण र दिगो व्यवस्थापनमा स्थानीहरु जुटने उनले बताईन् ।
घरदैलो अभियान
प्युठान नगरपालिकाले चालु आर्थिक वर्ष ०७६÷०७७ मा नगरक्षेत्रभित्र रहेका जनतालाई स्वास्थ्यको सहज पहुँच पु¥याउने उदेश्यले घरदैलो अभियान सञ्चालन गर्ने बताएको छ । नगरक्षेत्र भित्रका ६० वर्षभन्दा माथिका जनताहरु स्वास्थ्य सेवा लिन स्वास्थ्य केन्द्रसम्म आउन नसक्ने भएकाले उनीहरुलाई मध्यनजरगरि यो अभियान सञ्चालन गर्न लागिएको नगरप्रमुख कक्षपतिले जानकारी दिए । यहि साउनदेखी महिनाको १० दिन घरदैलोमा उपचार दिन जाने व्यवस्था मिलाईएको उनले बताए । यो अभियानले स्वास्थ्य सेवाको पहुँचमा नआएकोलाई सहयोग पुग्ने विश्वास लिईएको उनले जानकारी दिए ।
नगरका चार वडामा स्वास्थ्य केन्द्र सञ्चालन
स्वास्थ्य केन्द्र नभएका वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने उदेश्य अनुरुप प्युठान नगरपालिकाका चार वटा वडामा स्वास्थ्य केन्द्र सञ्चालन हुन लागेको नगरपालिका स्वास्थ्य संयोजक दधिराम सुवेदीले जानकारी दिए । प्युठानमा पाँचवटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन हुने उनले बताए । मल्लरानी गाउँपालिकामा एक वटा र प्युठान नगरपालिकामा चार वटा स्वास्थ्य केन्द्र संञ्चालन हुन लागेको उनले बताए । मल्लरानी गाउँपालिकामा सञ्चालन भईसकेको र प्युठान नगरपालिकामा पनि सञ्चालन हुने क्रम जारी रहेको उनले बताए । विहिवार प्युठान नगरपालिका १० पातीहाल्नामा उद्घाटन भयो भने अब क्रमश प्युठान नगरपालिका ४ मङराखोला, वडा नंम्बर २ जुडापाटा, वडा नंम्बर ७ को पुण्यखोला सञ्चालन हुने उनले जानकारी दिए । स्वास्थ्य केन्द्र सञ्चालनका लागि बजेट समेत विनियोजन गरिएको छ । वडा नंम्बर ४ मा ६३ लाख ४६ हजार ६ सय ३० रुपिँया बजेट विनियोजित भएको छ भने अरु तीन स्थानका लागि प्रति स्वास्थ्य केन्द्र ३८ लाख ८६ हजार नौ सय २० रुपिँया विनियोजित गरिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top