सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम प्रभावकारी बन्दै


४ जेष्ठ । राधिका भुसाल
प्यूठान । पछिल्लो समय अंग्रेजी शिक्षाको आवश्यकता बढ्दै गएपछि कतिपय सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न थालेका छन् । विगतका वर्षहरुमा नीजि विद्यालयमा मात्र अंग्रेजी माध्यमको कक्षा सञ्चालन हुने गरेता पनि परिवर्तनशील समयको मागसंगै अहिले सामुदायिक विद्यालयको अंंग्रेजी शिक्षा तर्फ पनि आर्कषण बढ्दै गएको छ ।
२०६८ सालमा कक्षा ६ देखि सुरु भएको जनता माध्यमिक विद्यालय बाग्दुलामा अंगेजी मिडियम प्रभावकारी बन्दै गएको छ । “पहिलो वर्ष २८ जना विद्यार्थी सहभागी रहेका थिए ।” जनता मा.वि.का प्रधानाध्यापक इन्द्रमणी पोख्रेलले भने–“ त्यतिवेला कक्षा ६ मा सहभागी सबै विद्यार्थीले एस.एल.सी दिए र नतिजा पनि राम्रै आएको थियो ।” अहिले पनि अधिकांश अभिभावकहरुले आफ्ना छोराछोरीलाई अंग्रेजी मिडियममा भर्ना गरिदिन आग्रह गर्ने गरेको उनले बताए । “अंग्रेजी भाषाप्रति यो समुदाय सकारात्मक छ,” पोख्रेलले भने–“नीजि विद्यालय र अन्य सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरु पनि आउने गर्छन, हामीले उनीहरुको क्षमता हेरेर मात्र भर्ना गर्ने गरेका छौं ।” विद्यालयको क्षमता कम भएर यस शैक्षिक सत्रमा धेरै विद्यार्थीहरुलाई फर्काउन बाध्य भएको उनले बताए । विद्यालयमा निरन्तर अध्ययन गर्दै आएका विद्यार्थी बाहेक १ सय २० जनालाई यस वर्ष इन्टान्स (प्रवेश परीक्षा) लिएको पोख्रेललको भनाइ छ । वर्षेनी अंग्रेजी मिडियममा विद्यार्थी संख्या बढ्दै गएतापनि विद्यालयको क्षमता कम भएकाले विद्यार्थी भर्ना गर्न नसकेको उनले बताए । नेपाली भाषाको बालशिक्षा र अंग्रेजी मिडियममा नर्सरी कक्षा समेत सञ्चालन भएको जनता माविमा अंग्रेजीमा केजी र नेपालीको कक्षा १ देखि कक्षा १० सम्म कक्षा सञ्चालन भएको छ । कक्षाकोठाको क्षमता भन्दा विद्यार्थी संख्या बढि भएकोले हाल कक्षा ९ मा सेक्सन विभाजन गरी २ वटा कक्षा सञ्चालन गरेको उनले बताए ।
जनतामा विद्यार्थी अभाव छैन
प्रायः समुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या वर्षेनी घट्दै गएको पाइन्छ । तर, नजिकै नीजि विद्यालय भए पनि जनता मा.वि. मा दुवै भाषामा अध्ययन गर्ने विद्यार्थीको अभाव नभएको प्र.अ पोख्रेलले बताए । विद्यालयको भौतिक संरचना देखि अन्य प्रशासनिक समस्याका कारण यस वर्ष भर्ना हुन आएका विद्यार्थीलाई समेत फर्काउन परेको उनले बताए । कक्षा ३ मा नेपाली भाषाको पठन पाठन नहुने बताउदैं पोख्रेलले भने–“धेरै जसो अभिभावकले अंगेजी माध्ययमै रोज्न थालेका छन् ।” जनता माविमा अंग्रेजी तर्फ ४१३ र नेपाली भाषा तर्फ ५१२ गरी ९२५ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
जनता नमुना विद्यालय बन्दै
प्यूठान क्षेत्र नं २ अन्र्तगत जनता माध्यामिक विद्यालय जिल्लाको नमुना विद्यालयको लागि भवन निर्माण गर्ने कार्य अगाडि बढिरहेको छ ।
प्युठान नगरपालिका वडा नंम्बर ८ मा पर्ने जनता माध्यामिक विद्यालय नमुना बनाउन भवन निर्माण गर्ने भएको छ । भवनको नगरप्रमुख अर्जुन कुमार कक्षपतिले शिलन्यास समेत गरेको विद्यालय स्रोतले जनाएको छ । विद्यालयको अथक मेहनतबाट विद्यालयलाई नमुना विद्यालय बनाउन लागिएको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षा विभाग, मन्त्रालय र नगरपालिकाको मेहनतले विद्यालय नमुना बन्ने भएको हो ।
नगर कार्यपालिकाको स्वीकृतपछि गत नारी दिवसको दिन भवनको शिलन्यास गरिएको हो ।
वि.स. २०१४ सालमा स्थापना भएको जनता माध्यामिक विद्यालयमा कक्षा १ देखि १२ सम्म गरी ८ सय १४ जना छात्रा र ७ सय ८ जना छात्र गरि १ हजार ५ सय २२ जना विद्यार्थीले अध्ययन गर्दछन् । विद्यालयमा पुरुष भन्दा वढी नारी विद्यार्थी संख्या वढी छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेहराज शर्मा पण्डीतले भने,–‘नारीको सम्मान होस भन्ने उदेश्यले नारी दिवस पारी भवन सिलन्यास गरेका हौं ।’ नगरपालिकाले अनुमति दिएपछि भवन निमार्ण कार्य अगाडी वढाईएको उनले बताए ।


करोड बढिमा नमुना विद्यालय बन्ने
भवन निमार्णका लागि १ करोड १९ लाख १० हजार एक सय ४० रुपिँया विनियोजन गरिएको नगररप्रमुख अर्जुन कुमार कक्षपतिले बताए । त्यस्तै शैक्षिक सुधारका लागि रु ५० लाख ५ हजार ८ सय ६० रुपिँया र शुसासन तथा व्यवस्थापनका लागि रु २४ लाख ३४ हजार गरि १ करोड ९३ लाख ५० हजार रुपिँया विनियोजन भएको छ । नमुना विद्यालय बनाउन नगरपालिकाबाट रु १ करोड ५० लाख रुपिँया र शिक्षा विकास समन्वय इकाई प्युठानबाट रु ४३ लाख रुपिँया विनियोजन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पण्डितले बताए । विद्यालयको भवन २ तलामा ८ कोठा हुने उनले बताए । उनले भने,–‘०७६ असार मसान्त सम्म भवन निर्माण गरिसक्न नगरपालिकाले निर्देशन गरेको छ ।’ जनता माध्यामिक विद्यालयलाई नमुना विद्यालय बनाउन ७६ करोडको डिपीआर समेत भएको जानकारी दिए ।
प्युठानका दुईवटा विद्यालय नमुना विद्यालय हुने भएका छन् । जनता माध्यमिकसंगै क्षेत्र नंम्बर १ अन्र्तगत सरस्वती माध्यामिक विद्यालय बागेंशाल पनि नमुना विद्यालय बन्ने भएको हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top