प्यार अलिखाँन
प्यूठान÷विद्यार्थीलाई जातियविभेद गरेको आरोपमा एक शिक्षिका प्रहरी हिरासतमा पुगेकी छन् । मल्लरानी गाँउपालिका–५ स्थित भूमिविकास आधारभुत विद्यालय सराङकोटकी प्रद्यानाध्यापक समेत रहेकी एसोधा श्रेष्ठले आफैले अध्यापन गराउने वालवालिकाहरुलाई जातियविभेद तथा छुवाछुत गरेको भन्दै कारवाहीको माग सहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि प्रहरीले श्रेष्ठलाई हिरासतमा लिएको हो ।
स्थानिय गोपीलाल सुनारले जिल्लामा गठित संयुक्त राजनीतिक दलित संघर्ष समिति प्यूठानको सहयोगमा प्रहरीमा किटानी जाहेरी दिएकाहुन् । प्रद्यानाध्यापक श्रेष्ठले गएको २८ गते आफ्नो वुवाको १३ औँ पितृभोजका लागि ‘सालको पात टिप्न नआउनु तिमिहरुले छोएको चल्दैन्’ भनीअपमान गरेको र नाबालक विद्यार्थीहरुलाई विद्यालय समयमा काममा लगाई बालशोषण गरेको भनीश्रेष्ठलाई जातीयविभेद तथा कसुर अपराधमा हदैसम्मको कानुनीकारवाही र विपक्षीबाट पीडितलाई क्षतिपूर्ति समेत दिलाउन भनी जाहेरीमा माग गरिएको छ ।उता प्रद्यानाध्यापक श्रेष्ठले भने आरोपको खण्डन गरेकी छन् ।‘कक्षा ६ र ७का ठूला विद्यार्थी भाईबहिनीहरुलाई मात्रपात टिप्न बोलाएको हुँ ।’प्रअश्रेष्ठले भनिन् ‘दलित विद्यार्थीलाई नआउनु भनेको होईन, म माथी झुठो आरोप लगाईयो ।’
श्रेष्ठलाई जातियविभेद तथा छुवाछुत सम्वन्धि ऐन अनुसार कारवाहीको माग राख्दै उजुरी दर्ता भएको प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए । ‘अदालतबाट म्यादथपगरि अनुसन्धानजारी राखेका छौँ ।’ प्यूठान प्रहरी प्रमुख बुढाथोकीले भने, ‘केहीदिनभित्रै अदालत पेश गर्नेछौँ ।’
अदालतबाट कसुर प्रमाणीत भए ३ वर्षसम्म कैद र २० हजार देखि १ लाख सम्म जरिवानाहुने कानुनी प्रावधान रहेको नेपालबार ऐशोसियसनका केन्द्रिय सदस्यएंव प्यूठान बार इकाईकाअध्यक्षअधिवक्ता डा.शिवराज पण्डितले बताए । आश्विन २ गते देखि जारी जातियविभेद तथा छुवाछुत सम्वन्धिहालको परिमार्जित कानुनी व्यवस्थाथप कडा बनाईएको डा.पण्डिको भनाई छ ।
विद्यालयको प्रअबाटै गरिएको विभेदको दलित अधिकारकर्मीहरु तथा दलित समुदायका जनप्रतिनिधिहरु ले तिब्र विरोध तथा असन्तुष्टि जनाएका छन् । ‘शिक्षिकाबाट बालबालिकाहरुले कस्तो पाठ सिक्ने ?’ सरुमारानी गाँउपालिकाकाअध्यक्ष झग बहादुर वि.क.ले भने, ‘मानवता विरोधी यो हरकतलाई सबैले निरुत्साहित पार्नुपर्दछ, यो सामाजिक समस्याहो ।’ समाजमा गैरदलित समुदायमा रुपान्तरणको आवस्यकता रहेको वि.क.ले जोड दिए । ‘हिन्दु धर्मका ठेकेदारहरुले धर्मको गलत व्याख्या गरेकै आधारमाधर्म परिवर्तनको संख्या दिनानुदिन बढेको हो ।’ अध्यक्षवि.क.ले भने, हिन्दु धर्मको अधोगतीहुँदै जाने र इसाईकरण हुनेको संख्या बढ्दै गएको छ ।’दलित समुदायको आत्म सम्मानमाथि ठेसपुग्ने कार्यको प्रोत्साहन नभई विभेद गर्ने हरकोहीलाई कानुन वमोजिम कानुनी सजाय, दण्ड जरिवाना हुनुपर्नेमाअध्यक्ष वि.क.ले जोड दिए ।
समाजमा दलित समुदायअझै पनि दोस्रो दर्जाको नागरिक सरह भएर बस्नुपर्ने नियती रहेको गौमुखी गाँउपालिकाकी उपाध्यक्ष तुलसी सुनारले बताईन । उपाध्यक्ष सुनारले भनिन्, ‘छुवाछुतलाई हटाउन कानुनबनेको छ र कार्यान्वन फितलो भयो ।’ जातिय विभेदका घटनाहरुमा राजनीतिक दलबाट मेलमिलाप होईन कानुनी कारवाहीको लागी पहलकदमी हुनुपर्ने र जातियविभेदको अन्त्यदलकै ऐजेण्डा बन्नुपर्ने संयुक्त राजनीतिक दलित संघर्ष समितिका संयोजक सन्तोष नेपालीले बताए । प्यूठानका संचार माध्यममा जातीय छुवाछुतको यस घटनाले प्राथमिकता नपाएकोमा नेपालीले दुखेसो समेत पोखे ।
कमेन्ट गर्नुहोस !