आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

मास्क लगाउन आग्रह गर्दै सडकमा प्रहरी


राधिका भुसाल
प्यूठान । प्युठानमा ‘तपाईको मास्क खै’ अभियान सञ्चालन गरिएको छ । मास्क नलगाई घर बाहिर हिड्ने नागरिकलाई कोरोना संक्रमणबाट बच्नका लागि अनिवार्य रुपमा मास्कको प्रयोग गर्न प्रहरीले आग्रह समेत गरेको छ ।
संक्रमणबाट बच्न नागरिक आफै नै सचेत हुनु पर्ने भन्दै कोरोना विरुद्धको नारा समेटिएको प्लेकार्ड बोकेर जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी नरेन्द्र कुमार कार्की सहितको प्रहरी युनिट सडकमा उत्रिएको हो । जिल्ला प्रहरी कार्यालय प्युठान अन्र्तगत समुदाय –प्रहरी साझेदारी कार्यक्रम मार्फत जिल्लाका स्थानीय तह, विभिन्न संघसंस्था र व्यवसायीहरुको सहकार्यमा ‘तपाईकको मास्क ख’ै अभियानलाई सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
गत सोमबार देखि जिल्लाका विभिन्न ठाउँहरुमा प्लेकार्ड सहितको ¥याली आयोजना गरि सन्देश मुलक सुचना प्रवाह गर्दै आएको यो अभियान सञ्चालन गरिएको उनले बताए । मास्क नलगाई हिड्ने जो कोही व्यक्तिलाई ‘तपाईको मास्क खै ?’ भन्दै सोध्नुका साथै मास्क समेत वितरण गर्ने गरिएको प्रहरी प्रमुख कार्की बताउछन् । कोरोना भइरसबाट जोगिनका लागि मास्क अनिवार्य रहेकाले मास्क लगाउनु पर्छ भन्ने सन्देश दिदैं मास्क वितरण गर्ने गरिएको उनको भनाई छ । प्युठान नगरपालिका वडा नं ४ विजुवार भौकामा भण्डारी परिवारसंग सहकार्य गरी यो अभियानको थालनी गरिएको हो । कोरोना संक्रमणबाट बच्न र बचाउने मुख्य उदेश्य सहित अभियानलाई जिल्लाका २४ वटा प्रहरी युनिटहरुले विभिन्न निकायसंग समन्वय गरी सञ्चालन गरिने समेत उनले जानकारी दिए । हालसम्म प्युठान नगरपालिका वडा नं ९ मरन्ठाना, ऐरावती गाउँपालिका वडा नं २ बरौला, स्वर्गद्धारी नगरपालिका वडा नं ४ भिग्री र माण्डवी गाउँपालिका वडा नं ३ जस्पुरमा यो अभियान गरिएको प्रहरी प्रमुख कार्कीले बताए ।
जस्पुरमा अभियान
बुधवार माण्डवी गाउँपालिका वडा नं ३ जस्पुरमा स्थानीय समाजसेवी दिपक केसी र माण्डवी ग्रामिण विकास संस्थासंग सहकार्य गरी ‘तपाईको मास्क खै’ अभियान सञ्चालन गरिएको छ । राजनीतिक दलका प्रतिनीधि, प्रहरी प्रमुख कार्की, संस्था तथा जस्पुर बजार व्यवस्थापन समितिका अध्यक्ष लवकुमार अधिकारी, स्थानीय बुद्धिजीवि, बाल सञ्जाल, उद्योगी व्यवसायी, राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख लगाएतको उपस्थितीमा मास्क वितरण गरिएको थियो । मास्क नलगाई हिडेका नागरिकहरुलाई प्रहरी प्रमुख कार्कीले नमस्कार गर्दै मास्कको प्रयोग गर्न अनुरोध गरेका थिए । कोरोनाको संक्रमण बढी रहेको यो अवस्थामा कोरोनाको जोखिम न्यूनीकरणका लागि विभिन्न कदम चाल्दै आएको प्रहरीले चेतनामुलक कार्यक्रम सहित माक्स वितरण अभियानमा जुटेको हो । प्रहरीले मास्क नलगाई हिडेका व्यक्तिहरुलाई अनिवार्य मास्क लगाउन अनुरोध समेत गरेको छ ।
भौतिक दुरी कायम राख्नुका साथै घर बाहिर निस्किदा माक्सको प्रयोग गरि आफु र आफ्नो परिवारलाई सुरक्षित राख्न प्रहरी प्रमुख कार्कीले आग्रह समेत गरेका छन् । गत ०७० सालमा स्थापना भएको माण्डवी ग्रामिण विकास संस्थाले विभिन्न सामाजिक काम गर्दै आएको छ । कोरोना संक्रमणबाट बच्नका लागि यस पूर्व माण्डवी गाउँपालिका भित्र रहेका ५ वटा वडाभित्र दुई हजार ५ सय थान मास्क र साबुन वितरण गरिएको संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिए । त्यस्तै अभियानमा संस्था मार्फत तीन सय सर्जीकल मास्क वितरण गरिएको उनले बताए । आगामी दिनमा पनि यस्ता अभियानमा संस्थाले साथ दिने अध्यक्ष अधिकारीको भनाइ छ । आगामी दिनहरुमा स्थानिय सरकार, उद्योगी व्यवसायीहरु संग समन्वय गरी कोरोना विरुद्धका सन्देशमुलक अभियानहरु सञ्चालन गरिने उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top