आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

प्युठानमा थप ५ जनामा कोरोना पुष्टि


प्युठान, २१ साउन ।
प्युठानमा बुधबार थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाव परीक्षणमा प्युठान नगरपालिकाका ५ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय प्युठानका सुचना अधिकारी एवं कोरोना फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिए। संक्रमित मध्ये २ महिला र ३ जना पुरुष हुन् । उनीहरु २३ देखी ४८ बर्ष उमेर समुहका रहेको श्रेष्ठले बताए। संक्रमित मध्ये ४ जना क्वारेन्टाईनमा रहेका र १ जना समुदाय परिक्षणका क्रममा फेला परेको हो। सन्क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ ।
अहिले सम्म जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३४२ पुगेको छ। भने निको भएर घर फर्कनेको सङ्ख्या ३ सय ३४ रहेको छ । अझै ३ सय ६२ जनाको पिसिआर रिपोर्ट आउन बांकी रहेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top