आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

जन्मदिनको अवसरमा आईसुलेसन कक्षमा रहेका बिरामीलाई खाना खर्च सहयोग


सागर रिजाल
प्युठान, २२ असार ।
ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको ४८ औँ जन्मदिन परिवारले मनाईदिएको छ । परिवारले पालिका अध्यक्ष शाहको जन्मदिनको अवसरमा कोरोना संक्रमित भई आईसुलेसनमा बसेका २२ जना बिरामीहरुलाई दुई दिनको खाना खर्च बराबरको सहयोग रकम रु १८ हजार ९ सय ६४ रुपिँयाको चेक उहाँकी श्रीमती ईश्वरा शाहले गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतलाई हस्तान्तरण गर्नुभएको हो ।

कोरोना संक्रमित भेटिएका बिरामीहरुलाई माया, ममता, सद्भाव र सहयोगले रोगसंग लड्न थप उर्जा मिल्ने उदेश्यले बिरामीलाई सहयोग गरेका हौँ, शाहले भन्नुभयो,–‘ जन्मदिनका अवसरमा फजुल खर्च गर्नुभन्दा बिरामीलाई सहयोग गरौ भने उहाँहरुलाई थप उर्जा मिल्ने छ । ’

सो अवसरमा उपाध्यक्ष बस्नेतले यस पालिका अध्यक्ष नविल विक्रम शाहको राजनैतिक तथा सामाजिक जीवन थप प्रभावकारी र उज्वल रहोस भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल , कार्यपालिका सदस्यहरु सहित अन्य कर्मचारीको समउपस्थितीमा चेक हस्तान्तरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top