
सागर रिजाल
प्युठान, १६ कार्तिक ।
प्युठान जिल्लाको पकलामा छठ पर्वको अवसर पारेर हरेक वर्ष स्थानीयले द्धारेघाट मेला सञ्चालन गर्दै आएका छन् । ऐतिहासिक कला संस्कृतिको संरक्षण गरौ शुसंस्कृत र सम्मुनत ऐरावती वनाउ भन्ने उदेश्यका साथ नेपालिहरुको महान चाड दिपावली तथा छठ पर्वको अबसरमा जिल्लामा हरेक वर्ष द्धारेघाट मेला सञ्चालन हुदै आएको छ । विगत २९ वर्ष देखि यस स्थानमा मेला लाग्दै आएको हो । यस क्षेत्रमा स्थानीयलाई तिहार पछि मेला हेर्न टाढा जानुपथ्र्यो तर उक्त समस्यालाई समाधान गर्नको लागि जिल्लाको पकलाका स्थानीय वृद्धिजिवीहरु संगको समन्वयमा यस स्थानमा मेला लगाउन थालिएको द्धारेघाट मेला व्यवस्थापन समितिका कोषाध्यक्ष नवराज शर्माले बताए । अहिले पकला, रस्पुरकोट र वरौला लगाएतका स्थानीयलाई मेला हेर्न सहज भएको छ । अहिले मेला हेर्न छिमेकी जिल्ला अर्घाखाँचीका केही क्षेत्रका मानिस पनि द्धारेघाट मेला अवलोकन गर्न आउने गर्दछन् । मेलाको आकर्षक सोरठी नाच रहेको छ । महिला र पुरुषहरु आफनो मौलिक पोशाक लगाएर मादल वासुरी र मजुराको तालमा नाच्ने गर्दछन् । उक्त नाच हेर्नका लागि मानिसहरुको घुइचो लाग्ने गर्छ । मेलाले यो नाच संरक्षणका लागि ठुलो भुमिका खेलेको कोषाध्यक्ष शर्माले बताए । स्थानीय कला संस्कृति वचाउनको लागि मेला सञ्चालन गरीएको उनले बताए । गत वर्ष मेलामा नौ समुहले सोरठी नाच देखाएका थिए । मेलालाई स्थानीय खुमलाल पोखे्रल, टकं बहादुर शाही र रामचन्द्र शाहीले प्रायोजन गरेका छन् । मेलामा नाच प्रर्दशन गर्न आउनेलाई नाचको मुल्याङ्कन गरेर नगद पुरस्कार समेत दिने गरेको कोषाध्यक्ष शर्माले बताए । मेलामा तरुल, सुन्तला र मौसमी लगाएतका स्थानीय उत्पादनहरु विक्रि वितरण हुने गर्दछ । यसैगरी मेलामा मदिरा जन्य पदार्थ विक्रिवितरण भने पुर्णरुपमा बन्देज गरीएको हो । साथै जिल्ला वाहिरका व्यापारीहरु पनि मेलामा आफनो व्यापारका लागि आउने गर्दछन् । करीव दुई हजार जना मानिसको सहभागिहुने मेलामा स्थानिय कला संस्कृति, भेषभुषा लगाएतको संरक्षणमा जुट्दै यो वर्ष पनि मेलालाई निरन्तरता दिएका थिए । स्थानीय स्तरमा लाग्ने मेला हेर्न र मनोरञ्जन लिन पाउँदा स्थानीय खुसि पनि हुने गरेका छन् ।
सोरठी नाचको महत्वः
जिल्लामा यो नाचको महत्व वढ्दै जान थालेको छ । पुस्तौ देखि नाचिदै आएको नाचलाई अहिले नयाँ पुस्तामा पनि पुस्तान्तरण हुदै गएको छ । द्धारेघाट मेला सञ्चालनको मुख्य उदेश्य भनेको पनि स्थानीय कला, संस्कृति, परम्परालाई संरक्षण र सर्वद्धन गर्ने रेहको आयोजकले जनाएको छ । महान पर्व दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै हरेक वर्ष जस्तै यो वर्ष पनि मेलामा यो नाच प्रदर्शन गरीएको हो । सोरठी नाचका लागि सङख्या एकिन हुनु पर्दैन । मादल, वासुरी, मजुराको तालमा पौराणिक गित गाथाहरु यो नाचमा गाएर नाचिन्छ । पुरुषहरु महिलाको भेषमा सिगारिएर सोरठी नाच नाच्ने सोरठी न्यृत्यकार भोज बहादुर रानाले बताए । मेलामा छ ओटा नाच प्रस्तुत गरिएको थियो ।
मेलामा तीन लाख कोष स्थापनाः
तीन जनाले एक÷एक लाख गरि तीन लाखको कोष स्थापना गरेको र सोही रकमबाट मेलाको ब्यबस्थापन गरिएको छ । ऐरावती गाउपालिकाले मेला लगाउने ग्राउन्ड सम्माई मेला लगाउनमा सहयोग गरेको हो । साथै छ्ठ पर्वको अवसर पारेर ऐरावती गाउपालिका (४ धुवाङ्गमा) समेत शनिबार मेला सम्पन्न भएको छ ।
कमेन्ट गर्नुहोस !