आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

नगरपालिकाले मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने


सागर रिजाल
प्युठान,१६ चैत
प्युठान नगरपालिकाले प्रथम मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ । पछिल्लो समय प्युठानमा केहिमात्रामा खेलकुदको विकास भएपनि खेलाडी र खेलसंग सम्बन्धित सरोकारवालासंग समन्वय नहुँदा खेलको समुचित विकास गर्न नसकिएको भन्दै खेलको आयोजना गरिएको आयोजकले बताएको छ ।
यहि चैत २३ गतेदेखी गणतान्त्रिक खेलकुद मैदान विजुवारमा खेल सञ्चालन गरिने नगरपालिकाले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । ४ दिनसम्म चल्ने खेलमा महिला, पुरुष भलिबल, फुटबल, हाईजम्प, लंमजम्प लगाएतका खेल खेलाईने मेयर अर्जुुनकुमार कक्षपतिले जानकारी गराए । मेयर कप खेलमा सहभागी हुन सबै वडाबाट एक समुहले भाग लिन पाउँने छन् । खेलाडीको लागि खाजा, नास्ता, खाना र जर्सीको व्यवस्था नगरपालिकाले गरेको उनले जानकारी दिए । अगिल्लो आर्थिक वर्षमा प्रत्येक वडामा छुट्टाछुट्टै खेलकुदका कार्यक्रम गर्दा खेलाडीलाई जिल्लाकै प्रतिपर्धीको रुपमा उत्पादन गर्न नसकेको महशुस गर्दै यस पटक नगरपालिकाले समग्र नगरकै खेलकुद प्रतियोगिता आयोजना गरेको उनले जानकारी गराए । उनले भने,–‘यसले गर्दा खेलाडीहरुलाई खेलप्रति आक्रसित गराई प्रतिस्पर्धी खेलाडी उत्पादन गर्न सहज हुन्छ । ’
यूवालाई रोजगारीमा डो¥याउन खेलको आयोजना
यूवालाई खेलकुद क्षेत्रबाट रोजगारीमा डो¥याउन नगरपालिकाले खेल सञ्चालन गर्न लागेको मेयर कक्षपतीले बताए । यूवालाई एकढिक्का बनाई खेल क्षेत्रको विकास गर्न यो खेलको आयोजना गरिएको हो । यूवाहरु पछिल्लो समय विकृतितिर आक्रषित भएको भन्दै खेल क्षेत्रमा उनीहरुलाई जोडेर खेलको विकास संगै व्यवसायसंग जोडन नगरपालिकाले पहल गर्ने बताए ।
खेलसंग जोडिने मानिसहरु स्वस्थ्य, सफा र फूर्तिलो हुनेभएकाले यूवाहरुलाई खेल क्षेत्रमा लाग्न उनले आग्रह गरेका छन् ।
खेल सञ्चालनका लागि ८ लाख रकम विनियोजन
प्रथम मेयर कप खेलकुद प्रतियोगिता सञ्चालनका लागि तेश्रो नगरसभाबाट रु ८ लाख विनियोजन गरिएको छ । उक्त रकम खेलाडीहरुको व्यवस्थापन , पुरुस्कार, खेल सामाग्री लगाएतका शिर्षकहरुमा खर्च गरिने नगरप्रमुखले बताए । प्रथम मेयर कप बन्ने समुहलाई रु ५० हजार , मेडल , प्रमाणपत्र र कप प्रदान गरिने उनको भनाई छ ।
खेलको उद्घाटन ५ नंम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्ने आयोजकले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top