
राधिका भुसाल
प्यूठान । इन्द्रध्वजगण प्यूठानमा कार्यरत संक्रमित नेपाली सेनाको रिर्पोट नेगेटिभ आएको छ ।
केही समय अघि इन्दध्वजगण अन्तरगतको विजुवार गुल्ममा रहेका २३ जना नेपाली सेनालाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएसंगै उनीहरुलाई आन्तरिक आइसोलेनमा राखेर आवश्यक उपचार तथा रेखदेख गरिएको गणमा मेजर दिनेश मल्लले जनाकारी दिए । पुरा २१ दिनसम्म पुर्णरुपले क्वारेन्टाइन तथा आइसोलेनको पालना गरि उनीहरुलाई सुरक्षित राखेको बताउदैं सोमवार उनीहरु सबैको रिर्पोट नेगेटिभ आएसंगै काममा फर्किएको छ । त्यो अवधिका उनीहरुलाई कुनै पनि क्रियाकलाप नगराई राखेको मल्लले बताए ।
कमेन्ट गर्नुहोस !