आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

प्यूठानमा एक स्वास्थ्यकर्मीसहित ८ जनालाई कोरोना संक्रमण


प्यूठान, १० भाद्र । प्यूठानमा एक स्वास्थ्यकर्मीसहित ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गमा गरिएको परिक्षणका प्यूठानका थप ८ जनालाइ कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गले जनाएको छ । प्रतिष्ठानका अनुसार नौवहिनी गाउँपालिकाका ३ जना, प्यूठान नगरपालिकाका ४ जना र ऐरावति गाउँपालिकाका १ जना रहेका छन् ।
नौवहिनी गाउँपालिकामा पुष्टि भएका ३ जना संक्रमित होम क्वारेन्टाइनमा रहेको गाउँपालिका स्वास्थ्य संयोजक ऋषिराम शर्माले जानकारी दिनुभयो ।
प्यूठान नगरपालिकाका ४ जना संक्रमित मध्ये १ जना स्वास्थ्यकर्मी, १ जना थुनुवा, १ जना भैरहवाबाट उपचार गरी फर्किएका विरामी र एक जना क्वारेन्टाइनमा रहेका नगरपालिका स्वास्थ्य शाखा संयोजक गोविन्दराज घिमिरेले जानकारी दिनुभयो ।
ऐरावति गाउँपालिकाका संक्रमित बैकको गार्ड रहेको र स्वाव संकलन गरेपछि होम क्वारेन्टाइनमा बसेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ४४३ पुगेको छ । जसमध्ये मंगलवारसम्म ३७४ जना निको भएर घर फर्किसकेका छन् भने १ जनाको मृत्यु भईसकेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top