मङ्लबार, जेष्ठ १९, २०८३ | Tuesday 2nd June 2026

समाजवादको आधारशिला


नेपालको संविधान २०७२ मा समाजवाद उन्मुख भन्ने निकै सान्दर्भिक र विचारणीय लक्ष्य निर्दिष्ट गरिएको छ र नेपाल कम्युनिष्ट पार्टी सरकारमा छ र नेकपाका शिर्षस्थ नेताहरु का समाजवाद उन्मुख हुने रणनितिका विचारहरु भाषण तथा लेखरचनाहरु सार्वजनिक हुँदै आएका छन् । यो सन्दर्भमा केहि मौलिक विचार दृष्टिकोणहरु प्रस्तुत गरिएको छ ।
युग र युगीन परिवर्तनका ईतिहासहरुलाई अध्ययन गरी हेर्दा सामन्तवादको एकमुष्ट पतन पश्चात भुमिहिन र गरीव किसानहरु पुँजीवादी युगमा सर्वहारा र मजदुर भए सामन्ती शासकहरु र केहि नयाँ पुँजिपतिहरु नै पुँजिपति भए सारमा भन्दा हिजो दास युगका दासहरु सामन्ती व्यवस्थामा भुमिहिन र गरिव किसान बने त्यसपछिको पुँजिवादमा सर्वहारा र मजदुर भए त्यसैगरी दासमालिकहरु दास विद्रोह पश्चात शोषणको रुपमात्र बदले र सामन्ती शासक भए जव सामन्तवाद बाट युग परिवर्तन भई पुँजिवादी युगारम्भ भयो केहि नवपुँजिपति हरु समावेश भई सामन्तीशासक हरु पुँजिपति बने यो तथ्यअनुसार शासकहरुको शासन र शोषणको रुप मात्र बदलिएको छ । शुरुआती चरणमा पुँजिवादी व्यवस्थामा मजदुरहरुको संख्या बढी थियो मजदुरहरु एकतावध्द हुने बित्तिकै पुँजिपतिहरु पराजित हुने अवस्था थियो त्यसको उदाह।ण पेरिस कम्युनलाई लिन सकिन्छ । तर औद्योगिक क्रान्ती पश्चात हाल सम्म विकसित हुँदै आएका मेशिनरी औजारहरुले गर्दा एक हजार मजदुरको कार्य एउटा मेशिनले गर्न थाले पछि मजदुरको संख्या घट्दै गयो अहिलेको विश्व परिवेशमा मजदुरको संख्या कमि छ र हिजोका धेरै मजदुरका वंशजहरु निम्न पुँजिपति बन्दै गएका छन् । हिजोको काल खण्डमा शोषक दश प्रतिशत र शोषित नब्बे प्रतिशत थिए भने अहिले हेर्दा शोषकहरु दश प्रतिशत नै छन र सर्वहारा पनि दश प्रतिशत नै छन बाँकी असी प्रतिशत निम्न पुँजिपति हरु छन यो प्रकार को वर्गीय विभाजन र वर्ग विश्लेषण लाई स्वीकार गर्ने हो भने हिजोको वर्ग संघर्ष को विधि बाट सर्वहारा क्रान्ती गरि पुँजीवाद बाट समाजवाद मा प्रवेश गर्न सकिदैन । जसरी एउटा परमाणुमा इलेक्टोन र प्रोटोनहरु परस्पर विरोधी पक्षहरु विद्यमान हुन्छन भने त्यहि परमाणु त्यो भन्दा धेरै परिमाणको भिन्न पक्ष न्युटोन विद्यमान हुन्छ यहि पदार्थको सार अनुरुप समाजमा पनि शोषक र शोषित दुई परस्पर विरोधी पक्षहरुको साथै त्यो भन्दा धेरै विशाल संख्याको विद्यमानता छ जो आम जनता भनेर भनिन्छ । निष्कर्षमा निम्न पुँजिपति त्यो वर्गमा किसान , कर्मचारी , व्यवसायी , बुद्धीजिवि र शिक्षकहरु पर्दछन् उनीहरुमा निम्न पुँजिवादी चिन्तन हुन्छ तर पनि राज्य व्यवस्था लोककल्याणकारी होस भन्ने चाहन्छन कुनै लोकतान्त्रीक वा समाजवादी राजनैतिक पार्टीको पक्षमा देखिएता पनि वर्गीय दृष्टिमा उनीहरु न्युट्रल रहन्छन र समानता , समता, शोषणमुक्त , शान्ती अमन चयन , लोकतान्त्रीक व्यवस्था , मानव अधिकारको ग्यारेन्टी र खुल्ला समाजको पक्षमा उनीहरुको जनमत रहने गर्छ । बहुसंख्यक जनताको अभिमत नै जनवाद हो । यो बहुसंख्यक जनताको पक्षधरता नरहने हो भने कुनै राज्य सत्ता टिक्न सक्दैन चाहे निरंकुश राणाशासन होस , चाहे पंचायती व्यवस्था होस , चाहे संवैधानिक वा निरंकुश राजतन्त्र होस त्यो त नेपालकै राजनैतिक घटनाक्रम ले पुष्टी गर्दछन । समाजको यो वस्तुगत र ठोस विश्लेषण नगरीकन सिमित सर्वहारा वर्गको मात्र अधिनायकत्व र निरंकुशतामा विशाल संख्यामा रहेको जनमतको भावनाको कदर नगर्नु उनीहरुबाट समाजवादी अभ्यासको लागि निति र कार्यक्रम सहित जनअनुमोदित नहुनु नै पुर्वी युरोप लगायत सोभीयत संघको समाजवाद पतन गर्न केहि सिमित संख्यामा रहेको पुँजिवादी र साम्राज्यवादीहरु सफल भए त्यो प्रतिक्रान्तीको प्रतिवाद र प्रतिकार तत्काल किन हुन सकेन र दिर्घकालमा पनि किन समाजवादको पुनस्र्थापना हुन सकेन यसको मुल कारण नै विशाल बहुसंख्यक जनताको पक्षधरता नहुनु नै हो त्यसकारण समाजवादी व्यवस्थामा पनि शासनसत्ता कायमराख्न जनअनुमोदनको आवश्यकता पर्दछ र आवधिक रुपमा जनताबाट निर्वाचित भएर मात्र सर्वहारा श्रमजिवि वर्गको राज्यसत्ता स्थापित हुन सक्छ । अहिलेको नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन बाट पारित दस्तावेजको आधारमा त हैन शिर्षस्थ नेताहरुको कथन लेख र रचनाबाट प्रस्तुत विचार अनुसार समाजवाद उन्मुख हुने भनिएको छ । पहिलो कुरा त सामन्तवादको अन्त्य त भएको छ तर सामन्तवादको समुल नष्ट भएको छैन त्यसका अवशेषहरु उत्पादन सम्बन्ध र सांस्कृतिक क्षेत्रमा विद्यमान छन पतन भएको छैन आजको परिवेशलाई पुँजिवादी जनवाद अथवा नयाँजनवाद भन्न सकिदैन किनभने दलालनोकरशाही पुँजिवादको आर्थीक संरचनामा र राजनैतिक उपरी ढाँचामा कब्जा देखिन्छ तसर्थ यो परिवेश केवल चरम पुँजिवाद उन्मुख दलालनोकरशाही पुँजिवाद नै हो चाहे पुँजिवाद होस या जनवाद नै किन नहोस यो युगबाट समाजवाद तर्फ जान राष्ट्रिय उत्पादनको तीव्र विकास र उत्पादन सम्बन्धमा आमुल परिवर्तन नगरी लक्ष्य प्राप्त गर्न सकिदैन । अविकसित र पिछडिएको समाजमा केहि लोककल्याणकारी कार्य गरेर समाजवादमा जाने भन्ने कुरा माक्र्सवादी दृष्टिकोणले ठुलो विचलन हो , संसोधनवाद हो । समाज परिवर्तनको आधार आर्थिक संरचना अथवा उत्पादन सम्बन्धको आमुल परिवर्तन गर्ने रणनिति र कार्यनिति त कहाँ हो कहाँ समाजव्यवस्थाको उपरी ढाँचा अर्थात अधिरचना राजनैतिक प्रणाली लाई मात्र जनवादी अभ्यासमा लगेर मात्र समाजको आमुल परिवर्तन संभव छैन ।
उपरोक्त विचार विमर्श र विश्लेषण अनुसार हामी कम्युनिष्टहरु साँचो अर्थमा समाजवाद अर्थात माक्र्सवादी सिद्धान्त अनुरुपको समाजवाद तर्फ उन्मुख भईरहेका छैनौं । अहिलेको शिर्ष नेतृत्वको केहि प्रगतिशिल सुधारकोकार्यनितिले समाजवादको आधारशिला निर्माण गर्दैन तसर्थ नेकपाको महाधिवेशन पुर्व यो सन्दर्भमा गंभीर बहस हुन जरुरी छ र महाधिवेशन बाट माक्र्सवादी लेनिनवादी कार्यनिति र कार्यदिशा तय गरी नेपाली समाजको आमुल परिवर्तन गर्दै समाजवादको आधारशिला तयार गर्नुपर्ने देखिन्छ ।
लेखकः बसन्त जिसी सरुमारानी गाँउपालिकाका प्रवक्ता एंव वडा नं. २ का वडा अध्यक्ष हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top