आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

प्युठानमा तास खेलीरहेकै अवस्थामा छ जुवाडे पक्राउ


सागर रिजाल
प्युठान,५ असार ।
प्युठानको स?मारानी गाउँपालिका –१ बांगेशालमा तास खेल्ने क्रममा छ जना जुवाडेलाई प्रहरीले प्रक्राउ गरेको छ । बुधवार साझ ७ बजे ढुंगेगढी प्रहरी चौकी दर्भानका प्रहरी नायव निरिक्षक नवीन कुमार थापाको नेतृत्वमा गएको समुहले बांगेशालका अस्गर अली, सफर अलि मिया, गोपाल मिया, अकवर अली, चुमान सिंह सुनार र शफी अल्ली मिया प्रक्राउ गरेको होे । तास खेलेको सूचना पाएपछि पुगेको प्रहरी समुहले शफी अल्ली  मियाको घरबाट ७८ हजार दुई सय पचास ?पिँया र ६ जना जुवाडेलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले जानकारी दिनुभयो ।
प्रक्राउ परेका जुवाडेलाई कारवाहीका लागि बुधवार रातीनै जिल्ला प्रहरी कार्यालय खंलगामा ल्याईएको उहाँले बताउनुभयो । प्रहरी कार्यालयमा ल्याई कानुन अनुसार म्याद थप गरि आवश्यक अनुसन्धान अगाडी वढाईएको प्रहरी प्रमुख वुढाथोकीले बताउनुभयो ।
पछिल्लो समय प्युठानमा तास खेल्ने क्रम अत्याधिक वढेको गुनासो आएसंग जिल्ला प्रहरी कार्यालयले यसलाई रोक्नका लागि आफ्ना गतिविधिह? अगाडी वढाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top