
सागर रिजाल
प्युठान,१२ बैशाख ।
जिल्लाकै दुर्गम क्षेत्र नौवहिनी गाउँपालिका–१ स्याउलिबाङको खलेसबाङमा दोस्रो नौवहिनी धार्मिक तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको छ । कोठिभिर विकास केन्द्र नेपालको आयोजना तथा नौवहिनी गाउँपालिका र वडा कार्यालयको संयोजनमा महोत्सव सञ्चालन गर्न लागिएको हो । जिल्लाको सबै भन्दा अग्लो टापु कोठेभिर लगाएत नौवहिनी गाउँपालिकामा रहेका सम्पूर्ण धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रचारप्रसार एंव संरक्षण गर्ने उदेश्यले महोत्सव सञ्चालन गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष पूर्ण वुढा मगरले जानकारी दिए ।
५ दिन महोत्सव चल्ने
महोत्सवको बारेमा जानकारी गराउन विहिवार बिहान जुम्रीमा पत्रकार सम्मेलन गरिएको छ । जेष्ठ ५ गते चण्डीगड पूर्णिमाका दिन देखि ९ गते सम्म सञ्चालन हुने महोत्वस नौबहिनीको प्रचार प्रसार गर्नका लागि समुन्द्रि सतह देखि ३४ सय ५० मिटरको उचाइमा रहेको खलेसवाङको घासे मैदानमा गर्न लागिएको हो ।
पत्रकार भेटघाट कार्यक्रममा आयोजक संस्था कोठिभिर बिकास केन्द्र नेपालका अध्यक्ष पुर्ण बुढामगरले भौगोलिक बिकटताका कारण बिकासका हिसाबले पछाडी परेको स्याउलिवाङको बिकासका लागि महोत्सव मह्त्वपुर्ण हुने बताएका छन् । स्थानिय स्तरमा उत्पादित बस्तुको बजारीकरण,त्यस क्षेत्रमा भएका महत्वपुर्ण जडिबुटीको उचित व्यबस्थापन, नेपाली कागज, स्याउलिबाङका लोक तथा रैथाने कला सँस्कृती , पर्यटकिय सम्भावना रहेको जिल्लाको उच्च भाग कोठिभिर , नौबहिनी गुफा तथा झरना , श्राबण १ गतेमात्र उम्रने पानिको मुहान लगाएतको प्रचारप्रसार गरी त्यस क्षेत्रको विकासका लागि महोत्सव सञ्चालन गर्न लागेको अध्यक्ष मगरले जानकारी दिए ।
महोत्सवमा विभिन्न आकर्षणहरु
५ दिन सम्म सञ्चालन हुने महोत्सवमा ख्याति प्राप्त कलाकार तथा स्थानिय कलाकारहरुद्धारा दैनिक राष्ट्रभक्ति, चेतनामुलक तथा मनोरञ्जनात्मक लगाएत विविध विधामा प्रतिभा प्रर्दशनी गरिने संस्थाका अध्यक्ष मगरले जानकारी दिए । त्यस्तै लोक सांस्कृतिक प्रतियोगिता, खुल्ला भलिवल, महिला भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता सञ्चालन गरिने उनले बताए । स्थानिय कृर्षि , हस्तकला,लघु उद्यमीले उत्पादन गरेका बस्तुको प्रचार , धार्मिक तथा पर्यटकिय क्षेत्रको चिनारी, विभिन्न बिषयमा बिचार गोष्ठि आकर्षणका विषयबस्तु रहेको संस्थाका अध्यक्ष मगरले बताए ।
उर्जा मन्त्री वर्षमान पुनले महोत्सवको उद्घाटन गर्ने
नेपाल सरकारका उर्जामन्त्री बर्षमान पुनले महोत्सव उद्घाटन गर्ने आयोजक संस्थाले जनाएको छ । महोत्सवमा ५ हजार दर्शक तथा २२ लाख सम्मको कारोबार हुने अपेक्षा गरीएको कोठिभिर बिकास केन्द्रका सचिव एल पि सेरचनले जानकारी दिए । महोत्सवले नौबहिनी क्षेत्रको मात्र नभइ समग्र जिल्लाको विकासमा सहयोग पुग्ने छ । यस क्षत्रमा रहेका धार्मिक तथा पर्यटकिय गन्तब्य लाइ राष्ट्रिय स्तरमा प्रचार गर्न , स्थानिय उत्पादनको बिकास गरी बजार घाटा न्युनिकरण गर्न , लगानिका क्षत्रको पहिचान गरी लागानिका लागि प्रोत्साहन गर्न , नगदे बाली तथा जडिबुटिको आधुनिकरण गर्ने महोत्सवको मुख्य उदेश्य रहेका सेरचनले जानकारी गराए ।
कमेन्ट गर्नुहोस !