सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

बेसहारा बालिकालाई पढाउदै वडा अध्यक्ष


सागर रिजाल 
प्युठान,८ बैशाख ।
प्युठान नगरपालिका–३ विजयनगर कुवापानीकी काजल विष्ट १४ वर्षकी भईन् । उनी अहिले कक्षा ८ पास गरिन् । केहि वर्ष अघि उनको बाबुले अर्की श्रीमती बिहे गरे । बाबुले अर्को श्रीमती बिहे गरेपछि उनी संगै उनको आमा र भाई बेसहारा बने । बेसहारा उनको परिवार मावली हजुरआमा संग बस्न पुगे । उनको मावली परिवारको पनि आर्थिक अवस्था कमजोर नै थियो । मावलीको समेत आर्थिक अवस्था कमजोर भएपछि काजलले ९ कक्षा भर्ना नहुने नपढने निर्णय गरिन् ।
केहि दिन अगाडी काजलको मावलीघरमा प्युठान नगरपालिका ३ का वडा अध्यक्ष प्रेम हमाल पुगे । अनुगमनका क्रममा उक्त स्थानमा पुगेका वडा अध्यक्षले काजलको अवस्था देखेर पढाई संगै अभिभाकत्वको जिम्मा लिए । बालिकाको लगनशिल देखेर अभिभाकत्वको जिम्मा लिएको वडा अध्यक्ष हमालले बताए ।
कक्षा ९ भर्ना गरिदिए वडा अध्यक्षले
वडा अध्यक्ष हमालले कक्षा ८ पास गरेपछि नपढने निर्णय गरेकी काजललाई कक्षा ९ मा भर्ना गरिदिएका छन् । मुक्ति माध्यामिक विद्यालय रातामाटामा काजलको भर्ना गरिदिएको वडा अध्यक्ष हमालले जानकारी गराए । आफ्ना २ छोरा र २ छोरी रहेका हमालले काजलको शुक्रबारदेखि अभिभावको जिम्मा लिएको बताए । काजलले जिल्लामा जति सम्म पढन सक्छिन्, म पढाउन तयार छु, उनले भने,–‘असहाय,बेसहारा देखेर उनलाई सहयोग गरेको हुँ ,बेसहारा बालबालिकाको सहयोग गर्नु मेरो धर्म हो ।’ आफ्नो सानो सहयोगले कसैको जीवन सुध्रन्छ भने आफु सदैव सहयोग गर्न तत्पर रहेको उनले बताए । आफ्नो वडा भित्र यस्ता बेसहारा बालबालिका भेटिए आफुले सक्दो सहयोग गर्न प्रतिवद्ध रहेको उनको भनाई छ ।
भर्ना गरिदिएपछि काजल खुसी
वडा अध्यक्ष हमालले ९ कक्षामा भर्ना गरिदिएपछि काजल खुसी भएकी छिन् । आर्थिक अवस्था कमजोर भएपछि नपढने भनि खाली बसेकी काजललाई वडा अध्यक्षले भर्ना गरिदिएपछि पढन पाएकोमा खुसी भएको बताईन् । वडा अध्यक्षले सहयोग गरुञ्जेल आफुले पढन नछाड्ने प्रतिवद्धता उनले जनाईन् ।
काजल मावली घर बसेर पढने वडा अध्यक्ष हमालले जानकारी दिए । पढाई खर्च संगै काजललाई समय समयमा कपडा किनीदिने र औषधी उपचार खर्च समेत आफुले बेर्होने वडा अध्यक्ष हमालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top