सोमवार, माघ ३, २०७८ | Monday 17th January 2022

ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ्ग सम्वन्धी अभिमुखिकरण सम्पन्न


प्यूठान, पछिल्लो समय आफ्ना सेवाहरुलाई डिजिटल प्रविधिमय बनाउदै सञ्जाल विस्तारमा समेत तीब्र ढंगले अघि बढेको ग्लोबल आइएमई बैंक लि. ले प्यूठानमा डिजिटल बैंकिङ्ग सम्वन्धी अभिमुखिकरण सम्पन्न गरेको छ ।
ग्लोबल आइएमई बैंक लि. बिजुवार शाखाको आयोजनामा आज बैंकमा आवद्ध ग्राहक तथा आम सर्वसाधारणहरुलाई डिजिटल बैंकिङ्ग सम्वन्धी वित्तिय साक्षरता प्रदान गरिएको हो ।


कार्यक्रममा बैंकका केन्द्रीय कार्यालयका सागर वास्तोला ,सागर ब.सिंह र रुपेश शर्माले बैंकद्धारा प्रदान गरिने डिजिटल बैंकिङ्ग सेवाहरु mobile banking ,Internet banking ,Debit /Credit card ,QR COdePayment ,Travel card ,usd card,Missed call Banking ,corporate payलगायतका सेवाहरु प्रयोग गर्ने तरिका तथा अहिलेको बढ्दो प्रविधि युगमा डिजिटल सेवाहरुको महत्वका विषयमा सहजिकरण गरेका थिए । global smart plus एप्लिकेशन मोबाईलमा डाउनलोड गरी सो बाट उल्लेखित सेवाहरु लिन सकिने तथा घन्टौ लाइनमा बसेर बैंकमा गई नगद रकम निकाल्नु पर्ने बाध्यताका साथै समयको बचतका लागि पनि डिजिटल बैंकिङ्गका सेवाहरुको महत्व बढेको कार्यक्रममा प्रष्ट्याइएको थियो ।
नेपाल राष्ट्र बैंकबाट क बर्गको इजाजत प्राप्त ग्लोबल आइएमई बैंकले देशका ७६ जिल्लामा २ सय ८७ वटा शाखा सञ्जाल विस्तार गरीसकोको तथा हाल बैंकको ग्राहक संख्या २७ लाख बढी रहेको समेत कार्यक्रममा जानकारी गराइएको थियो ।

कमेन्ट गर्नुहोस !


सम्बन्धित पोस्टहरू

Top