सोमवार, माघ ३, २०७८ | Monday 17th January 2022

माओवादी प्यूठान नगरको अध्यक्षमा विष्णु योगि, सचिवमा सुमन श्रेष्ठ


प्यूठान, नेकपा (माओवादी केन्द्र ) प्यूठान नगरपालिकाको अध्यक्षमा विष्णु योगि र सचिवमा सुमन श्रेष्ठ निर्वाचित भएका छन् ।
आज भएको माओवादी प्यूठान नगरपालिका संगठन कमिटिको प्रथम सम्मेलनबाट विष्णु योगि नेतृत्वको ६५ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा सुन्दरा के.सी ,हरि वि.एम र मुकेश थापा निर्वाचित भएका छन् भने सहसचिवमा आकाश घर्ति र कोषाध्यक्षमा सुनिल सापकोटा निर्वाचित भएका छन् ।

 

 

 

माओवादी केन्द्र प्यूठान नगर कमिटिको प्रथम सम्मेलनको उद्घाटनको अवसरमा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य एवं लुम्विनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का ,जिल्ला संयोजक कृृष्ण अधिकारी (प्रकाश),लुम्विनी प्रदेश सचिवालय सदस्य एवं प्यूठान नगरपालिका इन्चार्ज कृष्ण घिमिरे ,केन्द्रीय लेखा आयोग सदस्य मदन बहादुर के.सी. ,प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपति लगायतले सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस !


सम्बन्धित पोस्टहरू

Top