सोमवार, माघ ३, २०७८ | Monday 17th January 2022

नेकपा (माओवादी केन्द्र)को वडा सम्मेलन सम्पन्न , प्यूठानका ५४ वटा वडामा निर्विरोध रुपमा समिति चयन


प्यूठान, नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) को सम्मेलन तालिका अनुसार जिल्लाका वडाहरुमा आज वडा सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनबाट जिल्लाका ५४ वटा वडामा निर्विरोध रुपमा समिति निर्वाचित भएको तथा बाँकी वडामा भोली समिति चयन हुने नेकपा माओवादी केन्द्र प्यूठानले जनाएको छ ।
जिल्लाका कतिपय वडाहरुका सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्विनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काको उपस्थिति रहेको थियो । मन्त्री खड्काकोे प्यूठान नगरपालिका वडा न. २ ,वडा न. ३,७,८,१० लगायतका वडाहरुमा उपस्थिति रहेको थियो । वडा सम्मेलनकै अवसर पारेर विभिन्न पार्टीमा रहेकाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज सम्पन्न सम्मेलनमा सवै भन्दा बढी बिजयनगरमा ८२ जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको तथा जुमृकाँढामा ४० जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्र प्यूठानले जनाएको छ । बिजयनगरमा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादीमा प्रवेश गर्नेहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्विनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले फूल माला तथा अविरले स्वागत गरेका थिए । शिव बहादुर नेपालीको अध्यक्षतामा भएको प्यूठान नगरपालिका वडा न. ३ को सम्मेलनको उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र प्यूठानका जिल्ला संयोजक एवं लुम्विनी प्रदेश सचिवालय सदस्य कृष्ण अधिकारी (प्रकाश ) , लुम्विनी प्रदेश सचिवालय सदस्य एवं प्यूठान नगरपालिका इन्चार्ज कृष्ण घिमिरे ,जिल्ला कमिटी सदस्य एवं प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपति ,जिल्ला कमिटी सदस्य एवं बिद्यार्थी नेता सुमन राज श्रेष्ठ ,समाजसेवी एवं बुद्धिजिवी मोहनलाल पुलामी लगायतका बक्ताहरुले मन्तव्य राखेका थिए ।
प्यूठान गरपालिका वडा न. ३ को सम्मेलनबाट शिव बहादुर नेपालीको अध्यक्षतामा २६ सदस्यीय वडा समिति निर्विरोध रुपमा निर्वाचित भएको छ भने मंसिर ११ गते सम्पन्न हुने प्यूठान नगरपालिका सम्मेलनका लागि २० जना प्रतिनिधी समेत निर्विरोध रुपमा निर्वाचित भएका छन् । वडा समितिको उपाध्यक्षमा सुशीला नेपाली ,सचिव जगत बहादुर सुनार ,सह सचिव एन.वि. खत्री,कोषाध्यक्ष रेनुका सुनार ,सदस्यहरु लाल बहादुर घर्ति,एम कर्ण बहादुर नेपाली ,गिर बहादुर खड्का ,हिम बहादुर नेपाली ,मिना पौडेल,देवेन्द्र कुमाल,बि.के सुनार लगायतका रहेका छन् ।
सम्मेलनमा विजयनगरको ओखर्वोट,कुवापानी,सापडाँडा ,दैलेसिमल,सेपुङ्ग,रातामाटा ,मेथीखोला लगायतका स्थानवाट जीप,मोटरसाइकल ,समेत सवार तथा पैदल गरी करिव ५ सय जनाको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस !


सम्बन्धित पोस्टहरू

Top