आइतवार, जेष्ठ ८, २०७९ | Sunday 22nd May 2022

पत्रकार महासंघ प्यूठानको स्थापना दिवस ः मिडिया डायरी बिमोचन तथा पुरस्कार बितरण


प्यूठान, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको २१ औ स्थापना दिवस आज जुम्रीमा विविध कार्यक्रम गरी मनाइएको छ ।
महासंघका अध्यक्ष सञ्जय रिजालको अध्यक्षतामा आयोजित कार्यक्रममा महासंघले स्थापना गरेको दुईवटा पुरस्कार वितरण गरिएको छ भने मिडिया डायरी २०७८ को बिमोचन समेत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले महासंघले प्रकाशन गरेको मिडिया डायरी २०७८ को बिमोचन गर्नु भयो । शाखाले स्थापना गरेका शाखाका संस्थापक अध्यक्ष स्व.सुर्य बहादुर विश्वकर्मा स्मृति पत्रकारिता सम्मान महासंघका संस्थापक एवं हाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशील पोखरेललाई प्रदान गरिएको छ भने स्व.बसन्ता भट्ट स्मृति महिला शसक्तिकरण पत्रकारिता पुरस्कार पत्रकार नर्मदा भट्टलाई प्रदान गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, केन्द्रीय सदस्य सुशील पोखरेल ,पूर्व अध्यक्षहरु क्रमश इमानसिंह भारती, गिरु प्रसाद भण्डारी ,संस्थापक मेघराज भट्ट ,खुम बहादुर थापा , विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु,बैंक वित्तिय संस्थाका प्रमुखहरु ,पत्रकार संगठनका प्रमुखहरु लगायतले शुभकामना मन्तव्य राखेका थिए । बक्ताहरुले पत्रकार महासंघले पत्रकारिता क्षेत्रको गुणस्तरीयता बृद्धि तथा जनजीविकाका हरेक सवालहरुमा विशेष भुमिका खेल्नु पर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन शाखका सचिव प्रकाश बैद्यले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस !


सम्बन्धित पोस्टहरू

Top