आइतवार, जेष्ठ ८, २०७९ | Sunday 22nd May 2022

ठाउँ ठाउँमा इलाका साधारण सभा गर्दै फूलवारी सहकारी


प्यूठान,जिल्लाको पहिलो बचत तथा ऋण सहकारी संस्था फूलवारी बचत तथा ऋण सहकारी संस्था लि. खैरा प्यूठानले आफ्नो २३ औ बार्षिक साधारण सभाको कार्यक्रम अन्तर्गत विभिन्न इलाकाहरुमा इलाका स्तरका साधारण सभाहरु धमाधम सञ्चालन गरेको छ ।
संस्थाको स्वीकृत विनियमा भएको व्यवस्था अनुसार तथा सहकारी विभागले जारी गरेको निदेर्शनका आधारमा संस्थाका ५ इलाकाहरु (बिजुवार,खलंगा,खैरा,धुवाङ्ग,नयागाउँ) मा असोज १५ गते देखि १८ गते सम्म इलाका साधारण सभा सम्पन्न गरी असोज २३ गते इलाका स्तरका प्रतिनिधी सदस्यहरुको उपस्थितिमा साधारण सभाको निर्णय प्रमाणित तथा २घ औ साधारण सभालाई अन्तिम रुप दिइने कार्यक्रम रहेको संस्थाका अध्यक्ष भोज बहादुर बस्नेतले जानकारी दिए ।


संस्थाले शुक्रवार धुवाङ्ग इलाका अन्तर्गत कैरनमा इलाका साधारण सम्पन्न गरेको छ भने शनिवार नयाँगाउँ इलाका अन्तर्गत जस्पुर र नयागाउँमा इलाका साधारण सभा सम्पन्न गरेको छ भने आइतवार खलङ्गा इलाका अन्तर्गत प्यूठान उद्योग बाणिज्य संघको सभा हल खलंगामा तथा आइतवार नै खैरा इलाका अन्तर्गत खैराको फूलवारी प्राङ्गण ,झिमरुक ड्यामसाइट तथा थापा चौतारी टाकुरामा साधारण सभा सम्पन्न गर्न गइरहेको साथै सोमवार बिजुवार इलाका अन्तर्गत कालीका विकास केन्द्रको सभा हल बिजुवार ,बिजयलक्ष्मी महिला सहकारी हल जुम्री ,सिद्धार्थ सामुदायिक ग्रामीण विकास संस्थाको सभा हल क्वाडी र बेल खोला खेल मैदानमा इलाका स्तरका साधारण सभा गर्न गइरहेको संस्थाले जनाएको छ ।
वि.स. २०५५ सालमा लोक बहादुर बस्नेतको अध्यक्षतामा खैराका १३ जनाले रु १०० जम्मा गर्न सुरुवात गरी १३०० बाट सूरुवात भएको संस्था हाल १५ करोड बढि कुल पुँजी तथा करिव ४ हजार सदस्य बनाउनुको साथै राष्ट्रिय स्तरको प्रोवेसन ब्राण्ड समेत पाउन सफल भएको छ । संस्थाले आगामी बर्षका भावी कार्यक्रमहरुमा सदस्यहरुलाई स्वास्थ्य उपचारमा छुट ,इन्टरनेट जडानमा सहजिकरण ,सदस्यको निधन हुँदा रु २५ हजार सहयोग उपलव्ध गराउने , सदस्य घाट खर्च कोष कार्यक्रम ,सुत्केरी भेटघाट,कोभिड संक्रमित सदस्य भेटघाट ,अनलाइन तथा एसएम एस बैकिङ्ग कार्यक्रम ,विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिविर सञ्चालन ,सहुलियत कृषि ऋण ,सहुलियत शैक्षिक ऋण,उत्पादन तथा रोजगारमुलक तालिम कार्यक्रम लगायतका महत्वपूर्ण कार्यक्रमहरु अघि सारेको छ । कोभिड सतर्कतालाई ध्यान दिदै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न केन्द्रहरुमा विभाजन गरेर साधारण सभा सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

कमेन्ट गर्नुहोस !


सम्बन्धित पोस्टहरू

Top