आइतवार, जेष्ठ ८, २०७९ | Sunday 22nd May 2022

फूलवारीमा नयाँ नेतृत्व,अध्यक्षमा छन्द बस्नेत


प्यूठान,फूलवारी एकिकृत ग्रामीण विकास संस्था नेपाल (प्रिडो ) खैरा प्यूठानमा छन्द बहादुर बस्नेतको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ ।
आज  सम्पन्न संस्थाको नबौ अधिवेशनवाट वस्नेतको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित भएको हो ।समितीको उपाध्यक्षमा भोज बहादुर बस्नेत,महासचिव निर्मला पोख्रेल ,सचिव तिला बुढाथोकी,कोषाध्यक्ष रमेश कुमार आचार्य निर्वाचित भएका छन् भने सदस्यहरुमा लोक बहादुर कवर ,कौशिल्या आचार्य,गोविन्द वहादुर बस्नेत,गोपाल बहादुर थापा र तारा नेपाली रहेका छन् । त्यस्तै संस्थाको विनियममा भएको व्यवस्था अनुसार समितीको पदेन सदस्य निबर्तमान अध्यक्ष गुणेन्द्र बस्नेत रहने व्यवस्था रहेको नव निर्वाचित अध्यक्ष छन्द बहादुर बस्नेतले जानकारी दिए ।
संस्थाका अध्यक्ष गुणेन्द्र बहादुर बस्नेतको अध्यक्षतामा भएको संस्थाको २७ औ बार्षिक साधारण सभाको उद्घाटन सत्रमा महासचिव निर्मला पोख्रेलले प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमका साथै कोषाध्यक्ष रमेश कुमार आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा ग्रैह्र सह्रकारी संस्था महासंघ प्यूठानका अध्यक्ष एवं संस्थाका निबर्तमान अध्यक्ष नेत्रमणि आचार्य, आड्रा नेपालका पूर्ण लाल श्रेष्ठ, रुपान्तरणका शंकर भट्ट ,पत्रकार महासंघका सचिव प्रकाश बैद्य ,फूलवारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भोज बहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए । जेष्ठ सदस्य झषेन्द्र आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक टिकाराम आचार्यले गरेका थिए ।

कमेन्ट गर्नुहोस !


सम्बन्धित पोस्टहरू

Top