आइतवार, जेष्ठ ८, २०७९ | Sunday 22nd May 2022

राज डेकोर होमको बार्षिक उत्सव ,पत्रकार कल्याणकारी कोष रकम हस्तान्तरण


प्युठान, राज डेकोर होम बिजुवार प्यूठानले पत्रकार महासंघमा स्थापना भएको पत्रकार कल्याणकारी कोषका लागि रकम हस्तान्तरण गरेको छ ।
बिगत १० वर्ष देखि प्यूठान जिल्लामा फर्निचर तथा फर्निसिङ्ग व्यवसाय सञ्चालन गरी व्यावसायिक जगतमा आफुलाई स्थापित गराउन सफल राज डेकोर होमका सञ्चालक झविन्द्र शर्माले आफ्नो दशौ बार्षिक उत्सवको अवसरमा आज आयोजित कार्यक्रममा २५ हजार ५ सय ५५ रुपैयाँको चेक पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष सञ्जय रिजाललाई हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै सञ्चालक शर्माले आफ्नो व्यवसायिक फर्म स्थापना दिबशको अवसरमा समाजलाई सुसुचित गर्ने ऐनाको रुपमा काम गर्ने संचार जगतको हितमा स्थापना गरिएको कल्याणकारी कोषमा व्यवसायवाट कमाएको केहि नाफा सामाजिक कार्यमा काम गर्न पर्दछ भन्ने इच्छा जागेर सहयोग गरेको बताए । साथै शर्माले छोटो समयमा आफ्नो व्यावसायिक सफलताको अनुभव सुनाउदै सफलता प्राप्तीमा साथ दिने सम्पूर्णलाई धन्यवाद दिए । आफुले व्यवसाय सुरु गर्दा नगद २५ हजार र अग्रज व्यवसायी लोक बहादुर बस्नेतवाट रु १ लाखको सामान लिई १ लाख २५ हजारवाट सुरुवात गरेको व्यवसाय हाल सवैको साथ र सहयोगले बिस्तार हुँदै प्यूठान जिल्ला मात्र नभएर छिमेकि जिल्लामा समेत सेवा दिन सफल भएको अनुभव समेत सुनाए ।
कार्यक्रमका प्रमुख अतिथि प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले आम युवाहरुको लागि व्यवसायी शर्मा एउटा उदाहरणीय युवाव्यवसायी भएको चर्चा गर्दै काम गर्ने इच्छा भएमा अहिले वित्तिय श्रोत तथा साधनको विभिन्न उपाएहरु रहेकाले आम युवाहरु व्यवसायीक बन्नु पर्नेमा जोड दिए ।
कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशील पोखरेलले
जिल्लाका पत्रकारहरुको हितका लागि स्थापना गरिएको पत्रकार कल्याणकारी कोषमा व्यवसायिक क्षेत्रवाट सुरुमै रकम सहयोग गरी युवा व्यवसायी शर्माले देखाएको तत्परता सह्रानिय रहेको चर्चा गरे । राज डेकोर होमका सञ्चालक झवेन्द्र शर्माको अध्यक्षता रहेको कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष सञ्जय रिजाल ,प्यूठान उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष इमानसिंह भारती ,व्यवसायि शर्माका अभिभावक तुल्सीराम रिजाल,व्यवसायी रमेश पौडेल लगायतले सफलताको शुभकामना दिएका थिए ।

कमेन्ट गर्नुहोस !


सम्बन्धित पोस्टहरू

Top