प्युठान ,लायन्स क्लब अफ प्युठान फुलबारीको आयोजनामा खैरामा आज निशुल्क आँखा उपचार शिबिर सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल प्युठान को प्राबिधिक सहयोगमा फुलबारी एकीकृत ग्रामीण बिकास सस्था खैराको परिसरमा उक्त १ दिने शिबिर सम्पन्न भएको हो ।
शिबिरको लागि फुलबारी एकीकृत ग्रामीण बिकास सस्था नेपाल ,बिजय फुलबारी बचत तथा ऋण सहकारी सस्था लि र फुलबारी सामुदायिक सिकाइ केन्द्रले सहकार्य गरेका थिए ।
लायन्स क्लब अफ प्युठान फुलबारीका अध्यक्ष निर्मला पोख्रेलको अध्यक्षतामा भएको शिबिरको उद्घाटनमा प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगिको प्रमुख आतिथ्यता रहेको थियो ।
फुलबारी एकीकृत ग्रामिण बिकास सस्था नेपालका अध्यक्ष छन्द बहादुर बस्नेतले स्वागत गरेको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै
नगरप्रमुख बिष्णु बहादुर योगिले शिबिरले सेवाग्राहीको अपेक्षा अनुसारको सेवा दिन सफल हुनेछ भन्ने बिश्वास व्यक्त गरे ।लायन्स क्लबको आफ्नै ईतिहास रहेकाले सामाजिक सस्थाले गरेका सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु प्रसम्शनिय रहेकोले लायन्स सङ्ग सहकार्य गर्न कसैको बिमती नरहेको बताए । बिपन्न नगरबासिहरुका जुन सुकै उमेरमा पनि आँखा उपचार सेवा पाउने गरि कार्यबिधी निर्माण गरि सेवा सरल र प्रभाबकारी बनाउन नगरपालिकाले आवश्यक तयारी गरेको समेत नगरप्रमुख योगिले जानकारी दिए ।
र्बिशेश अतिथी नेपाल नेत्रज्योति संघ प्रस्ताबित नरेन्द्र गायत्री आँखा अस्पताल प्युठानका अध्यक्ष लक्ष्मी प्रसाद राज भन्डारीले आँखा मानव शरिरको संबेदनसिल अंग भएकाले आँखा जाच र शिबिर गर्दा राम्रो सङ्ग बुझेर गर्नुपर्नेमा सुझाए । समय समयमा बच्चा अवस्था देखि नै आँखा जाचमा ध्यान दिन उनले आग्रह गरे
१०४ बर्शिय कबिराम बैदिकको आँखा जाँचबाट उपचार सेवा सुरुवात गरिएको शिबिरमा २०२ जनाले सेवा लिएको लायन्स क्लब अफ प्युठान फुलबारीका उपाध्यक्ष छन्द बहादुर बस्नेतले जानकारी दिए । शिबिरमा जाँच गरेका मध्ये ६ जनालाइ उच्छ स्तरको उपचारको लागि भैरहवा आँखा अस्पताल रिफर गरिएको तथा १३ जनालाइ सल्यक्रियाका लागि प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारमा जेठ २९ गते हुने शिबिरका लागि रिफर गरिएको समेत बस्नेतले जानकारी दिए ।
कमेन्ट गर्नुहोस !