
प्युठान ,नौबहिनी गाउपालिकाको क्षेत्राधिकार भित्रका सहकारी सस्थाहरुको स्थलगत अनुगमन कार्य थालिएको छ ।
नौबहिनी गाउपालिका र जिल्ला सहकारी संघ प्युठानको सहकार्यमा अनुगमन थालिएको हो ।
मंगलबार देखि नौबहिनी गाउपालिकाका विभिन्न वडामा रहेका सबै प्रकृतिका सहकारीहरुको स्थलगत अनुगमन जिल्ला सहकारी संघ प्युठानका अध्यक्ष सुशील पोख्रेल ,प्राबिधिक सल्लाहकार प्रकाश वैद्य ,नौबहिनी गाउपालिका सहकारी शाखा प्रमुख राधा बस्नेत लगायतको टोलिले गरेको छ ।

पालिका भित्रका सबै सहकारीहरुको अनुगमन गरि यतार्थ अवस्था पहिचान गरि अनुगमनका क्रममा औल्याइएका बिषयहरुलाइ प्राथमिकतामा राखी सहकारी ब्यबस्थित गर्न आवश्यक योजना तय गरिने नौबहिनी गाउपालिकाले जनाएको छ ।
कमेन्ट गर्नुहोस !