आइतवार, जेष्ठ १२, २०८२ | Sunday 25th May 2025

आजदेखि तीन दिनसम्म पानी पर्ने


आजबाट देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने भएको छ ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार, स्थानीय वायुको चाप न्यून भएकोले सुदुरपश्चिम प्रदेश बाहेकको प्रदेशमा वर्षा भइरहेको छ ।
उनका अनुसार भारतको उत्तर प्रदेशको प्रभाव अहिलेको वर्षामा देखिएको छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी र कर्णालीमा वर्षा भईरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ ।‘अबको दिन तीन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,’ मौसमविद् दाहालले भने, ‘अहिले मुसुरो, गहुँ लगायत बाली काट्ने समय छ । मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला ।’

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top