प्यूठान,प्यूठानमा व्यवसाय प्रर्वद्धन तथा स्थिरीकरण कोष सम्वन्धी अभिमुखीकरण कार्यक्रम आज बिहिवार सम्पन्न भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन)को आयोजना तथा बचत तथा ऋण सहकारी संघ लि.प्यूठानको समन्वयमा बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.को सभा हल जुम्रीमा कार्यक्रम सम्पन्न भएको हो ।
बचत तथा ऋण सहकारी संघ लि. प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ लि.प्यूठानका अध्यक्ष सुशील पोखरेल,नेफ्स्कुन सदस्य सेवा कार्यालय दाङ्गका व्यवस्थापन उप–समिति सदस्य एवं बिजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नेत्रमणी आचार्य,बचत संघ प्यूठानका पदाधिकारीहरु लगायतका अतिथिहरुको आतिथ्यता रहेको थियो ।
बचत तथा ऋण सहकारी संघ प्यूठान र नेफ्स्कुनमा आवद्ध सदस्य संस्थाका व्यवस्थापकहरुको सहभागिता रहेको कार्यक्रममा नेफ्स्कुनको रणनीतिक उद्देश्यहरु,साकोस अभियानको आगामी बाटो,मिरा सफ्टवेयर,व्यवसाय संग सम्वन्धित क्षेत्रहरु लगायत व्यवसाय प्रर्वद्धन सम्वन्धी विषयमा नेफ्स्कुनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमिल्सिनाले सहजिकरण गर्नु भएको थियो भने नेफ्स्कुन सदस्य सेवा कार्यालय दाङ्गका इन्चार्ज विष्णुदत्त जोशिले बचत तथा ऋण सहकारी संस्थाहरुका लागि स्थिरीकरण कोषको महत्व तथा कोषको परिचालन उपयोगिताका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।
कार्यक्रममा सहभागि व्यवस्थापकहरुले कार्यक्रम बचत तथा ऋण सहकारी संस्थाहरुका लागि प्रभावकारी भएको चर्चा गर्दै बचत तथा ऋण सहकारी संस्थाको अभिभावक संघ नेफ्स्कुन भएकाले जिल्लास्तरमा तालिम शिक्षाका कार्यक्रमहरु बढी मात्रामा सञ्चालन गर्न नेफ्स्कुनलाइ आग्रह गरेका थिए ।
कमेन्ट गर्नुहोस !