बिहिबार, माघ १०, २०८१ | Thursday 23rd January 2025

गाउँबाट बजारमा व्यवसाय विस्तार गर्न आइयो ,नसोचेको विपत्ति आइलाग्यो ः उद्यमी चित्रकली बुढा


प्रकाश बैद्य

प्यूठान,जिल्ला देखी राष्ट्रिय हुँदै विदेशमा समेत प्यूठानको अल्लोबााट निर्मित कपडा व्यवसायले नाम कमाएकी सफल उद्यमी चित्रकली बुढा यतिवेला ठुलो विपत्ति सामना गर्न बाध्य छिन् ।
दशै तिहार लगायतका चाडपर्व संगै जिल्लाका विभिन्न स्थानमा लाग्ने मेलाहरुमा यतिवेला लौ अल्लोको कोट ,टोपी लगाउनुस है हजुर भन्दै हाँसेर व्यवसाय गर्ने चित्रकली अहिले भने जलेर खरानी भएका लाखौका अल्लोका कपडाहरु मलिन अनुहार लगाउदै हेरेर बस्न विवश भएकी हुन् ।
व्यवसाय विस्तार भई विगत ५ वर्ष देखी राम्रै संग चलेको प्यूठान नगरपालिका वडान.१० बडरा स्थित चित्रकलीको कोठिहिमाल अल्लो कपडा उद्योगमा २७ गते मंगलवार बिहान ३ बजेको समयमा एकाएक विद्युत सर्ट भई आगो लाग्न पुग्यो ,जसबाट ठुलो मुल्यका तयारी कोट,टोपी,झोला तथा अल्लो कपडाका रोलहरु एकैछिनमा खरानी बन्न पुगे । आगलागीबाट १३ रोल नयाँ कपडा तथा कैयौ तयारी कोट,टोपी ,झोला लगायतका कपडाहरु जल्दा ११ लाख ६०हजार भन्दा बढी रकमको क्षति हुन पुगेको उद्यमी चित्रकलीले बताइन् । जलेर खरानी भएका कपडाहरु देखाउदै उनले भनिन् “मेलामा राम्रो व्यापार लैजाम्ला र राम्रै गरम्ला भनेको के गर्नु ? दैब लाग्यो । बजारमा व्यापार विस्तार गरी व्यापार राम्रो गरम्ला भनेर यहाँ आइयो ,अहिले नसोचेको विपत्ति आइलाग्यो । ”


नौबहिनी गाउँपालिकाको बहाने बजारमा ०६३ सालमा उद्योग दर्ता गरी व्यवस्थित रुपले कोठि हिमाल अल्लो कपडा उद्योग सञ्चालन गरी चित्रकलीले व्यवसाय विस्तार गर्ने क्रममा ०७६ असार महिना देखी प्यूठान नगरपालिका वडा न.१० को बडरामा उद्योग सञ्चालन गर्दै आएकी छिन् ।उनी संग श्रीमान खिम बहादुर बुढामगर पनि व्यवसायमा संलग्न रहेका छन् । अल्लोबाट निर्मित कपडा तयारीका लागि स्याउलिवाङ्गमा ५ हेक्टर जमिनमा आफुहरुले अल्लो खेती गरेको चित्रकलीका श्रीमान खिम बहादुरले बताए । नसोचेको विपत्ति आइलागेको बताउदै उनले विभिन्न संघ संस्था निकायबाट आवश्यक सहयोग तथा सस्तो व्याज दरमा कुनै निकायबाट ऋण पाउन सके अझै पनि व्यवसाय अघी बढाउन पछी नपर्ने बताए ।
चित्रकली बुढा एउटा सफल उद्यमी महिला मात्र होइनन् प्यूठानकी एक परिचय हुन् किन की उनले अल्लोबाट निर्मित कपडा व्यवसायले प्यूठानलाई चिनाएकी समेत छिन् तसर्थ सफल महिला उद्यमी बुढालाई परेको यो विपत्तिमा विभिन्न सरोकारवाला निकायहरुको ध्यान जान सके चित्रकली तथा चित्रकली जस्ता आम व्यवसायीक महिला उद्यमीहरुको व्यवसायिक विकासमा थप मनोबल बढ्नेछ ,सम्वन्धित निकायको ध्यान जाओस ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top