प्रकाश बैद्य
प्यूठान,तपाई हामीले सजिलै संग बुझ्नु पर्दा टोल विकास संस्था भनेको समुदायको परिचालन मार्फत टोलको बिकास निर्माण तथा सामाजिक कार्यका लागि खोलिएको संस्था हो ,तर यहाँ एक टोल बिकास संस्थाले निश्चित टोलका लागि मात्र नभएर आम जनताको हित हुने प्रशंसा गर्न लायक काम गरेको छ ।
प्यूठान नगरपालिका वडा न. २ मा रहेको पशुपतिनगर टोल बिकास संस्थाले आज कात्र्तिक १ गते आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान तथा आम सर्वसाधारणको रगत परीक्षण कार्यक्रमको आयोजना गरी नमुना योग्य कार्य प्रदर्शन गरेको हो ।
पशुपतिनगर टोलविकास संस्थाको आयोजना,नेपाल रेडक्रस सोसाइटी प्यूठान,प्यूठान जिल्ला अस्पताल,निमतारा पोलिक्लिनिक प्रा.लि.,प्यूठान प्लस,आयुष्मा पानी उद्योग र नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठानको समन्वयमा भालुवाङ्ग प्यूठान मुख्य सडक अन्तर्गत प्यूठान नगरपालिका वडा न.३ र २ को जुम्री स्थित पक्की पुल नजिक पशुपतिनगर चोकमा रक्तदान तथा रगत परीक्षण कार्यक्रम गरिएको हो ।
पशुपतिनगर टोल विकास संस्थाका अध्यक्ष मुक्ति प्रसाद शर्मा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीको प्रमुख आतिथ्यता तथा जिल्ला अस्पताल प्यूठानका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र पौडेलको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्यूठान नगरपालिकाका संस्थापक नगरप्रमुख अर्जुन कुमार कक्षपति,डा.सुबास जि.सि.,प्यूठान नगरपालिकाका प्रवक्ता एवं वडा न.३ का वडाअध्यक्ष सुमन राज श्रेष्ठ ,स्वयम्सेवी रक्तदाता समाजका मनुलामा लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । दान प्रसाद सुवेदीले स्वागत गरेको कार्यक्रमको धर्मराज गिरीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा १९ जनाले रक्तदान गरेको,६८ जनाको एचआइभी ज्क्ष्ख् परीक्षण गरिएको र ६९ जनाको रक्तचाप तथा मधुमेह (कगनबच ) परीक्षण गरिएको टोल विकास संस्थाका अध्यक्ष मुक्ति प्रसाद शर्मा अधिकारीले जानकारी दिए । टोल विकास संस्था विधिवत रुपमा दर्ता भएको स्थापना वर्षको अवसरमा विजयदशमी ,दिपावली पर्वको शुभकामना आदानप्रदान संगै मानव सेवाको पवित्र उद्धेश्य अनुरुप रक्तदान तथा रगत परीक्षण कार्यक्रमको आयोजना गरिएको समेत अध्यक्ष अधिकारीले बताए । टोल विकास संस्थाकै अगुवाइमा कोजाग्रत पुर्णिमाको अवसरमा जुम्रीमा लाग्ने मेलालाई समेत लक्षित गरी सर्वसाधारणको लागि शुद्ध पिउने पानी समेत वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला अस्पताल प्यूठानले प्राथमिक उपचार सेवा उपलव्ध गराएको थियो ।
कमेन्ट गर्नुहोस !