शनिबार, मंसिर २२, २०८१ | Saturday 7th December 2024

विजय फूलबारीको तेस्रो बार्षिक साधारण सभा सम्पन्न


प्यूठान,बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. को तेस्रो बार्षिक साधारण सभाको कार्यक्रम आज सोमबार सम्पन्न भएको छ ।
संस्थाले शनिवार सातवटा इलाकामा एकाइगत रुपमा तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरी एकाई प्रतिनिधि सदस्यहरको सहभागितामा संस्थाको मुख्य कार्यालय जुम्रीमा निर्णय प्रमाणीकरण सभा गरी आज साधारण सभाको कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा भएको तेस्रो बार्षिक साधारण सभाको निर्णय प्रमाणीकरण सभामा सञ्चालक समितिको तर्फबाट मोहन सुवेदीले प्रगति तथा आगामी प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए भने सञ्चालक खिम बहादुर जि.सी.ले आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट पेश गरेका थिए ।
ज्येष्ठ सदस्य राजेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सभाले एकाइगत साधारण सभाबाट पारित संस्थाको नीति कार्यक्रम,आर्थिक प्रतिवेदन,प्रस्तावित बजेट पारितका साथ प्रमाणीकरण गरेको छ । साधारण सभाले संस्थाको रिक्त कोषाध्यक्ष पदमा टोप बहादुर मल्ललाई निर्विरोध निर्वाचित गरेको छ ।
सभामा संस्थाका सदस्यहरुलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरिएको छ । संस्थागत विकासमा महत्वपूर्ण सहयोग गर्ने पूर्व अध्यक्ष छन्द बहादुर बस्नेत र सल्लाहकार गुमान राज पुलामीलाई सम्मान गरिएको छ । त्यसै गरी उत्कृष्ट बचतकर्तामा बोमी रानामगर ,निमा देवी के.सी.,हरिहर प्रसाद लवट,अनिता कुमाल र कमल मल्ल असल ऋणी सदस्यमा ः गिर बहादुर धामी,पूर्णा कुमारी पुनमगर ,सीता पुनमगर,प्रविन्द्र सिंह वि.क.उत्कृष्ट बाल बचत कर्ताप्रान्जलखड्का,समीर कुमार श्रेष्ठ,मनसुन श्रेष्ठ,निरञ्जना पौडेल,प्रशान्त बैद्यउत्कृष्ट सुझावकतार्मा सदस्य धु्रब के.सी.,रेशम बहादुर ठेडीलाई पुरस्कृत गरिएको छ भने ज्येष्ठ नागरिक शेयर सदस्य ः अम्बा खड्का ,राजेन्द्र पौडेल,मुगादेवी थापा ,कविराज शर्मा,नित्यानन्द आचार्य,लिला देवी जि.सी.लाई सम्मान गरिएको छ । सदस्य बृद्धिमा योगदान दिने सदस्य ः ज्ञान प्रसाद श्रेष्ठलाई पुरस्कृत गरिएको छ भने उत्कृष्ट कर्मचारी ः कोशिल्या नेपालीलाई र पूर्व कर्मचारी राजकुमारी श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।
संस्थाले आगामी बर्ष सवै सदस्यहरुकोको रु १ लाखको दुर्घटना बीमा गर्ने,सदस्य गम्भिर रोग उपचार सहयोग उपलव्ध गराउने,सदस्य सिपमुलक तालिम सञ्चालन,युवा उद्यमी निर्माण,रेडियो कार्यक्रम,एकीकरण अभियान अघी बढाउने,सुलभ दरमा कृषि ऋण ,सदस्यका छोराछोरीहरुलाई उच्च शिक्षा शैक्षिक ऋण,सदस्य मृत्यू राहत कोष,घाटखर्च सहयोग,सुत्केरी भेटघाट,वित्तिय साक्षरता कार्यक्रम,संस्कृति जगेर्ना कार्यक्रम,स्वास्थ्य शिविर,विद्यार्थीहरुको बीचमा प्रतियोगिता,सदस्य कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम,सदस्य स्वास्थ्य उपचारमा छुट लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने योजना अघी सारेको छ । ५ हजार ५ सय २५ जना सदस्य आवद्ध रहेको संस्थामा २६ करोड ६५ लाख ३४ हजार ८ सय ५६ कुल पुँजी,२१करोड १५ लाख ४६ हजार ४ सय ६ बचत ,१६ करोड ७७ लाख ७० हजार १ सय ५९ ऋण लगानी र १ करोड ९६ लाख ५० हजार ३ सय ५४र पैसा ६ जगेडा कोष रहेको साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाका उपाध्यक्ष राधा पुलामी स्वागत गर्नु भएको निर्णय प्रमाणीकरण सभामा संस्थाका सदस्य बिजय विराज विष्टले मन्तव्य राख्दै प्यूठानमा विजय फूलबारीले सहकारीताको माध्यमबाट खेलेको भुमिका प्रशंसनिय रहेको भन्दै कृषि क्षेत्रमा लगानी विस्तार गरी प्रत्येक वर्ष नयाँ उद्यमी तयार गर्न अझ थप भुमिका खेल्न आग्रह गरे ।
कार्यक्रममा लेखा समितिका तर्फबाट लेखासुपरिवेक्षण समिति सदस्य चन्द्र बहादुर घर्तिले लेखासमितिको प्रतिवेदन तथा ऋण उपसमिति सदस्य बाबुराम उपाध्यायले ऋण उपसमितिले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन व्यवस्थापक प्रकाश बैद्यले गरेका थिए ।

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top