शनिबार, मंसिर २२, २०८१ | Saturday 7th December 2024

आरिघोप्टे वर्षाले स्वर्गद्वारीमा प्रहरी पोष्ट भत्कियो ,विद्यालयमा बाढि र घर क्षति


सन्तोाष सुनार प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकामा आरिघोप्टे वर्षाको कारण इलका प्रहरी कार्यालय भिंग्रीको प्रहरी पोष्ट भत्किएको छ भने विद्यालयमा बािढ पसेको र घरमा क्षति पु¥याएको छ । लगातार वर्षातले स्वर्गद्वारी नगरपालिकाका भित्रका बाटोहरुमा पहिरो , लेदो र सडक भत्किदा बजार र अस्पताल आउन नरबासीहरुलाई कठिन पुर्ण अवस्था बनेको छ । इलका प्रहरी कार्यालय भिंग्रीको प्रहरी डिउटी बस्ने पोष्ट , पर्खाल र भरिएका हतियारहरु खाली गर्ने ठाउ भत्किएको इलका प्रहरी कार्यालय भिंग्रीको प्रहरी प्रमुख प्रहरी निरिक्षक नविन कुमार थापाले जानकारी दिए । भत्किएर जादा सवारी साधन र पैदल यात्रीहरु आवतजावत गर्न रोएिको थियो तर अहिले पन्छाएको प्रहरी निरिक्षक थापाले बताए । पोष्ट भत्किएछि डिउटि भवनको ब्राण्डबाट गरिरहेको उनले बताए । प्रहरीको पोष्ट स्वर्गद्वारी नगरपालिकाले छिटै गरिदिने जनाएको छ ।

स्वर्गद्वारी नगरपालिको वडामा भएका क्षतिका विवरणहरु
स्वर्गद्वारी न.पा.वडा न. १
स्वर्गद्वारी नगरपालिका १ न। वडा कार्यालय अन्र्गतमा अरम खोलाले ४ रोपनी रहेको खेत बगाएको र कोचिबाङ् बाट धरम पानी बजारमा जानेबाटाहरु पुर्ण रुपमा अवरोद्ध रहेको वडा अध्यक्ष मेघराज जिसीले जानकारी दिए । कुनै मानविय क्षति र घरमा क्षति नभएको तर घर भन्दा माथिबाट पहिरो आउने जोखिम रहेको वडा अध्यक्ष जिसीले बताए । वडावासीहरुको घरघरमा पुगी रहेको र जानकारी लागी निरन्तर लागी परेको उनले बताएका छन ।

स्वर्गद्वारी न.पा.वडा न.२
स्वर्गद्वारी नगरपालिका २ न। वडा कार्यालय अन्र्गतमा धनबाङखोलामा बाटो अवरोद्ध भएको र अन्य गतिविधहरु जानकारी अनुसार सामान्य रहेको वडाअध्यक्ष बुद्धिराम पुनले बताए ।

स्वर्गद्वारी न.पा.वडा न.३
स्वर्गद्वारी नगरपालिका ३ न। वडा कार्यालय अन्र्गतमा गापधारमा तेज बहादुरको घर पहिराले पुर्णरुपमा भत्किएको , एक गोठ पुर्णरुमा क्षति र चिल्डेन पार्कको वरिपरी बाटोहरुमा पहिरो गएको वडाअध्यक्ष कृष्ण बहादुर रोकाएले जानकारी दिए । त्यस्तै नेबारेमा पहिरो जादा बाटोहरु अवरोद्ध भएको र तरकारी बजारमा वितरण समस्या देखिदा तत्काल नगरपालिकाको जेसिबी लगाएर खोल्ने समन्वय गरेको वडाअध्यक्ष रोकायले बताए ।

स्वर्गद्वारी न.पा.वडा न.४
स्वर्गद्वारी नगरपालिका ४ न। वडा कार्यालय अन्र्गतमा चन्द्रश्वरी प्रा।वि।मा बाढि पसेको , बाझिपुरमा घरहरुको आगनमा लेदा आएको वडाअध्यक्ष सुर्वण कमार श्रेष्ठले जानकारी दिए । गोठिबाङ , लामाचौरमा पहिरो र रुखहरु ढलेर अवरोद्ध रहेको तर अहिले सुचारु गरिएको वडाअध्यक्ष श्रेष्ठले बताए । समस्या भएका ठाउँहरुमा तत्काल नै समधान गर्ने श्रेष्ठको भनाई रहेको छ ।

स्वर्गद्वारी न.पा.वडा न.५
स्वर्गद्वारी नगरपालिका ५ न। वडा कार्यालय अन्र्गतमा सिस्नेरीमा गिरीराज घर्तिको गोठमा पहिरो जादा पुर्ण रुमा क्षति भएको तर कुनै पशु चौपाए नमरेको र बाटोहरु अवरोद्ध रहेको वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिए । मौसम सफा गरे लगत्तै बाटाहरु खोलीने अध्यक्ष घर्ति मगरले बताए ।

स्वर्गद्वारी न.पा.वडा न. ६
स्वर्गद्वारी नगरपालिका ६ न। वडा कार्यालय अन्र्गतमा कुनै अप्रिय घटनाहरु नघटेको र टिमिले देखी धनचौर सम्म जाने बाटो केही खाल्डा खुल्डिहरुले समस्या रहेको वडाअध्यक्ष गिर बहादुर गुरुङले जानकारी दिए ।

स्वर्गद्वारी न.पा.वडा न. ७
स्वर्गद्वारी नगरपालिका ७ न। वडा कार्यालय अन्र्गतमा तापाकोट , धैरेनी , सैरी खोला र ओर्लामा रुखहरु ढली बाटो अवरोद्ध गरेको र अरु कुनै समस्या नभएको वडा सदस्य दामोदर गोराथोकीले जानकारी दिए । बाटोमा रहेका रुखहरु हटाई तत्काल सुरु गरिने गोराथोकीले बताए ।

स्वर्गद्वारी न.पा.वडा न.८
वर्गद्वारी नगरपालिका न। ८ वडा कार्यालय अन्र्गतमा केही बाटोहरु अवरोद्ध रहेको र त्यस्तो ठूलो घटनाहरु नभएको वडा अध्यक्ष खोप बहादुर राउतले जानकारी दिए ।

स्वर्गद्वारी न.पा.वडा न.९
स्वर्गद्वारी नगरपालिका न। ९ वडा कार्यालय अन्र्गतमा जुरापाटा देखी सिम्ले सम्म जाने बाटो अवरोद्ध रहेको र लाटेमा यम राज घर्तिको गोठमा आशिंक क्षति , जुकेनामा धनिदेवीको घरमा पहिरो आउने धेरै जोखिम रहेको वडा अध्यक्ष नर बहादुर जिएमले जानकारी दिए । खोलाको आसपासमा रहेको खेतहरुमा केही क्षति भएको अध्यक्ष जिएमले बताए । क्षति भएकाहरुलाई राहत तथा सेवाहरु दिने जिएमको भनाई रहेको छ ।

त्यस्तै स्वर्गद्वारी नगरपालिकाका उप्रमुख मिनराज रानाले नगरपालिकामा पर्ने अवरोद्ध भएका बाटोहरु सुचारु गर्नका लागी वडा वडामा जेसिवी पुगी रहेको बताए । घर , गोठ र अन्य संघ संस्थामा क्षति पुराएको विवरण आईतबार देखी संकलन र मुजुलका उठाउने र मेयर साप काठमाडौंबाट आएपछि सरकारले दिएको सहयोगको आधरमा सबै राहत दिने उप्रमुख रानाले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top